फेवा महोत्सव जारी, डुंगा दौडमा बाराही ए प्रथम

पोखरा, २९ चैत्र –

पोखराको फेवा किनारमा जारी तेह्रौं फेवा नव बर्ष महोत्सव अन्तर्गत सोमबार विहान आयोजित डुंगा दौड प्रतियोगितामा बाराही घाट समूह ए प्रथम भएको छ । नौ टिमले भाग लिएको प्रतियोगितामा स्वीमिङ पुल घाट द्वितीय र बाराही घाट समूह डी तृतीय भए । सान्त्वना पुरस्कार भने बाराही घाट बी ले प्राप्त गरेको छ ।

विजेताले क्रमशः १५ हजार, १० हजार, पाँच हजार र सान्त्वनाले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । एक प्रतियोगी समूहमा तीन जना रहेका थिए । महोत्सव स्थल बसुन्धरा पार्कबाट सुरु भएको डुंगा दौडका सहभागी बाराही घाट घुमेर पुनः महोत्सवस्थल फर्कंदा तीन किलोमिटर दुरी तय गरेका थिए । प्रतियोगितामा बाराही घाटका चार समूह, तालापारी समूह, गौरीघाट, स्वीमिङपुल घाट र बेगनास तालका दुई समूह गरी नौ समूहले भाग लिएका थिए ।

fewa mahotsav 2

संघका अध्यक्ष भरतराज पराजुलीले उद्घाटन गरेको कार्यक्रमका विजेतालाई संघका पूर्व अध्यक्ष गोविन्दराज पहारी, महोत्सवका संयोजक एवं प्रथम उपाध्यक्ष विकल तुलाचन, संघका कोषाध्यक्ष राजेन्द्र ढकाल, खेलकूद उपसमितिका तिलकबहादुर अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । खेमवहादुर गुरुङ, एवन रंजीत र कृष्ण गिरीले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

आगामी बैशाख २ गतेसम्म संचालन हुने महोत्सव अन्तर्गत सोमबारको तालिकामा बद्री पंगेनी, प्रतिी आले, हाँस्य कलाकार राजा राजेन्द्र र लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल र भ्रिक्ट्रीको प्रस्तुती समेटिएका थिए । अन्य नाचगान र दोहोरीका कार्यक्रम पनि महोत्सवमा रहेका थिए । महोत्सवमा दर्शकको उपस्थित बढ्दो क्रममा रहेको महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए ।

महोत्सव अन्तर्गत विहान ९ः००बजे स्थानिय हल्लनचोकबाट महोत्सव स्थल वशुन्धरापार्क सम्म खुल्ला पर्यटक दौड प्रतियोगिताको आयोजना गरिएको छ । विहान १०ः०० बजे देखी विभिन्न ख्यातिप्राप्त गायक÷गायिका तथा व्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय स्तरिय दोहोरी गीत प्रतियोगिता साथै नाचगान कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट, रेवान पोखराको सहकार्यमा साँझ ५ः०० बजे देखी मध्यरात १२ः३० बजे सम्म हल्लनचोक देखी अम्बोट सम्म सडक महोत्सवका साथै सडकमा विविध साँस्कृतिक कार्यक्रम रहनेछ । यस कार्यक्रमको टेलिभिजन लगायत अन्य संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ । महोत्सवमा मंगलबार नै गीतसंगीत तर्फ रामजी खाँड, हाँस्य कलाकार युवराज भण्डारी र राजेन्द्र नेपाली तथा लाइभ व्याण्डतर्फ मन्त्र र अभया एण्ड द स्टिमइन्जिन्सको प्रस्तुती रहने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button