पोखरेली पर्यटन व्यवसायीको टोली अमेरिकातर्फ प्रस्थान

पोखरा, ३ जेठ –

प्यासिफिक एसिया ट्राभल एसोसिएशनको वार्षिक सम्मेलनमा भाग लिन पोखरेली पर्यटन व्यवसायीको चार सदस्यीय टोली सोमबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीको नेतृत्वमा अमेरिका प्रस्थान गरेको टोलीका अन्य सदस्यमा पर्यटन व्यवसायीहरु नरेशबहादुर भट्टराई, गोपिबहादुर भट्टराई र नारायण पहारी रहेका छन् ।

यही जेठ पाँच देखि आठ गतेसम्म अमेरिकाको ग्वाम सिटीको ग्वाम रिसोर्टमा यो सम्मेलन हुन लागेको हो । सम्मेलनमा पर्यटन क्षेत्रका पछिल्ला चुनौति र पर्यटन उद्योगको विकासका लागि अपनाउन सकिने उपायका बारेमा झण्डै ४० देशका चार सय भन्दा बढी पर्यटन सम्बद्ध उच्च अधिकारी र व्यवसायीले छलफल गर्ने संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।

सम्मेलनका अवसरमा पाटाको वार्षिक साधरण सभा समेत आयोजना हुने कार्यक्रम रहेको छ । सो अवसरमा दीगो पर्यटन विकास, पर्यटन क्षेत्रका पछिल्ला चुनौतिका बारेमा पनि चर्चा गरिने छ । खासगरी एसिया प्यासिफिक क्षेत्रलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको हो । ग्वाम भिजिटर्स व्यूरोले स्थानीय रुपमा कार्यक्रमको आयोजना गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button