कास्कीका ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण

पोखरा, १५ जेठ –

कास्कीका ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण गरीएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको आयोजना र नेपाल औषधि तथा विक्रि प्रतिनिधि संघ पोखरा इकाईको सहयोगमा ट्राफिक कार्यालय परिसरमै शनिबार एक दिने ट्राफिक प्रहरीहरुको स्वास्थ्य परिक्षण गरीएको हो ।

सधै जसो धुवा र धुलोमा सडकमा खटिनु पर्ने ट्राफिक प्रहरीहरुको स्वास्थ्यलाई ख्याल गर्न पनि स्वास्थ्य शिविर राखिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार उक्त शिविरबाट ६० जना लाभान्वित भएका छन भने यसमा ट्राफिक प्रहरी मात्र ५२ जनाको स्वास्थ्य परिक्षण भएको हो । उक्त शिविरमा डाक्टर विष्णु ज्वार्चन, डा. सरस्वती न्यौपाने,, डा. गोविन्द गुरुङ र डा. निरज केसीको सहभागिता रहेको थियो । संघका अध्यक्ष दिपक रेग्मीले स्वास्थ्य शिविरमा आफुहरुले निशुल्क रुपमा औषधि समेत दिएको बताए । खाँखा्, छाला र स्वासप्रश्सास सम्बन्धि चिकित्यसकहरुले परिक्षण गरी स्वास्थ्यमा केहि खरावी भए परामर्श समेत दिएको ज्वार्चनले बताए ।

कास्कीका प्रहरी प्रमुख एस.पी. धनश्याम अर्यालले उक्त कार्यक्रमको उद्घाटन गर्दै व्यक्तिको स्वास्थ्य परिक्षण आवश्यक भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button