पोखरा २५ अन्तर्गत सिद्धार्थ राजमार्गमा डस्विन

पोखरा, १५ जेठ –

पोखरा भ्यु पोइन्ट युवा क्लवले पोखरा २५ स्थित सिद्धार्थ राजमार्गमा पर्ने छोरेपाटन देखि खाडेखोला सम्म सरसफाई कार्यक्रम गर्नुका साथै सडक  बाटोका छेउहरुमा  फोहोर ब्यबस्थापन गर्नको लागि डस्विन राखेको छ ।

सरसफाइमा सबैको ध्यान पुगोस भन्ने उद्धेश्यका साथ जथाभावी फोहोर फाल्न हुदैन भन्ने सन्देश प्रबाह गरि वातावरण स्वच्छ राख्न  आफुहरुले यस्तो प्रयासको थालनी  गरेको  क्लवका सचिव ओमप्रकास बरालले पोखरान्युजडटकम लाइ बताए ।

उक्त बाटोका छेउहरुमा क्लवको आन्तरीक स्रोतबाट २० वटा डस्विन राखिएको हो ।  केहि हप्ता पछि लुकुन्श्वारा ,डाडाथोक र पुम्दीकोटमा एक एक वटा डस्विन राखिने तयारी भएको बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button