मिस एस.एल.सी.को उपाधि मोनिकालाई

पोखरा, १६ जेठ –

पोखराकी मोनिका गुरुङले एच.के. क्लारा दोश्रो मिस एस.एल.सी.क्वीन २०१६ प्रतियोगिताको उपाधि जितेकी छन । द लुक्स फेसन होमको आयोजनामा पोखराको सृजनाचोकमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा शनिबार अवेर भएको उक्त प्रतियोगिताको फाईनलमा गुरुङले १६ प्रतियोगिहरुलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन ।

१७ जनाको सहभागिता रहेको प्रतियोगितामा फष्ट रनरअपमा प्रमिला वास्तोला, सेकेण्ड रनरअपमा दिक्षा गुरुङ घोषित भए । उनले वेष्ट याक्टीभको टाइटल समेत जितेकी हुन । त्यसै गरी मिस क्याट वाकको टाईटल जितेकी कविता रेग्मी थडरनरअप, आस्मा श्रेष्ठ फोर्थरनरअप, निसा गुरुङ दर्शक छनौट र वेष्ट डान्समा , पेङका गुरुङ फोटो जेनिक र वेष्ट हेल्थी हेयर, अनुसासनमा सृष्टी गुरुङ, ईन्टीलिजेन्टमा सुनयना श्रेष्ठ, वेष्ट स्माईलमा अन्जु क्षेत्री, वेष्ट मिस युनिकमा स्वयता पराजुली, वेष्ट स्कीनमा पवि पाईजा पुनले टाईटल जितिन । प्रतियोगितामा विजेता हुनेलाई पोखराको बगरमा रहेको ज्ञानु बाबा आवासिय उच्च माविले प्लस टु सम्मको निशुल्कः छात्रबृत्ति दिने भएको छ भने प्रतियोगिाताको मुख्य प्रायोजक मलेसियाको क्लारा ईन्टरनेश्नल कलेजबाट नेपालमा सम्वन्धन प्राप्त हङकङ हर्वल व्युटी ईन्स्टिच्यूट प्रालिले ६ महिने क्लारा कोर्ष निशुल्कः गराउने भएको छ । साथै विजेतालाई अन्य गिफ्ट ह्याम्पर दिने भएको छ । दोश्रो हुनेलाई ज्ञानुबाबाले ७५ प्रतिशत छुट र तेश्रो र दर्शक छनौटमा विजेता हुनेलाई ५० प्रतिशत छात्रबृत्ति दिने भएको छ । अन्य टाईटल विजेताहरुले गिफ्टह्याम्परहरु प्राप्त गरे ।

उक्त प्रतियोगिताको निर्णायकमा हिमालयन हस्पिटालीटिका प्रवन्ध निर्देशक ज्ञान रारा, हेटौंडाको वालनिकेतन उच्च माविका प्रवन्ध निर्देशक वालकृष्ण श्रेष्ठ, शिक्षाप्रेमी चिजकाजी गुरुङ, एच.के. क्लारा इन्टरनेश्नल कलेजको मान्यता प्राप्त हङकङ हर्वल व्युटि ईन्स्टिच्युटका प्रवन्ध निर्देशक प्रजित गुरुङ, चेरीस्मा ईम्पोरियमका संचालक सिता बराल रहेका थिए ।

उक्त अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारीलाई सम्मान गरीएको छ। सौन्दर्यको क्षेत्रबाट उल्लेखनिय योगदान पुराएको भन्दै उनलाई सम्मान पत्रको साथमा दोसला ओढाई सम्मान गरीएको हो । उक्त प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुनेलाई होमका प्रवन्ध निर्देशक रविन्द्र बज्रचार्यले धन्यवाद दिएका छन ।

प्रतियोगिहरुलाई विभिन्न व्यक्तित्वबाट करीब एक महिना प्रशिक्षण गराएको प्रतियोगिताका संयोजक सौन्दर्यकर्मी पवि गुरुङले बताईन । कल्चर नेपाल २०१० का विजेता सुरक्षा गुरुङले कार्यक्रममा कोरीयो ग्राफिको भुमिका निभाएकी हुन । मिस हेटौडाका १३ जना प्रतियोगिहरु पनि उक्त प्रतियोगिताको अवसरमा सहभागि भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button