एमाले राष्ट्रिय सरकारको लागि तयार – नेपाल

पोखरा, १७ जेठ –

नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माघव कुमार नेपालले एमाले राष्ट्रिय सरकारका लागि तयार रहेको बताएका छन । प्रेस चौतारी कास्कीले सोमवार पोखरामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता नेपालले सहमतीका लागि प्रधानमन्त्री भन्ने कुरालाई केन्द्र विन्दुमा राख्न नहुने बताए ।

नेता नेपालले राष्ट्रिय सहमती इस्युका आधारमा एकता हुने बताउँदै सिंगो राष्ट्रलाई एकतावद्ध बनाउने कुरामा जोड दिन आग्रह गरे । राष्ट्रिय सहमतीको सरकारका लागि नेपाली काग्रेस सहित सवै दलहरुलाई विश्वास दिएर अगाडी वढनु पर्ने कुरामा जोड दिए । उनले हरेक कुरामा राजनितिकरण र पार्टीकरण रहेको र यसलाई निरुत्साहित पार्दै परिणाममुखि कुरामा वढी जोड दिनु पर्ने बताए ।

उनले सरकारले पेश गरेको वजेटले केही आश जगाएको प्रशङ्ग जोडदै सरकारले गतिका साथ कार्य गर्नु पर्ने जोड दिए । उनले भने–“हामी कहाँ काम गर्ने कुरामा सुस्तता छ र विकासका कार्यमा वाधा हाल्ने चलन छ यसलाई निरुत्साहित पार्नु पर्छ ।” नेता नेपालले वर्तमान वजेट धेरै महत्वकांक्षी र लोकप्रिय रहेको विपक्षीको भनाई केवल आलोचनाका लागि मात्र भएको दावि समेत गरे । उनले सांसद विकास कोषको रकम वढाउनु उचित व्यवहारिक नरहेको प्रसङ्ग राख्दै राष्ट्रिय परिचय पत्र र ई–गोभर्नेन्स जस्ता कुरालाई प्राथमिकतमा राख्नु पर्ने कुरामा जोड दिए ।

एमाले भित्र कुनै समस्या नरहेको कुरामा जिकिर गर्दै ठुलो पार्टी भएको कारण केही कुरा आए पनि नेता नेपालले एमाले समुहिक निर्णयमा अघि वढने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button