कृषि क्षेत्रलाई व्यवसायीक रुपम अगाडि लैजान जोड

पोखरा, १७ जेठ –

कृषि क्षेत्रलाई व्यवसायीक रुपम अगाडि लैजान विश्व बजारमा आएको उच्चत्तम प्रविधिको प्रयोग गर्नु पर्ने पोखरामा आज आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।

ढिकुर पोखरी सामुदायिक संघद्धारा आयोजित कृषि क्षेत्रको बजार विस्तारमा भारतीय प्रविधिको पहुच विषयीक कार्यशालामा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

भारतमा सफल मानिएको थोपा सिचाई, आई.पि.यम. तथा हाइव्रिड जातका उन्नत विउहरु रहेका छन् । नेपाल सरकारले मान्यता दिएका विउ, विजन एवम् कृषि औजारहरुको समुचित्त प्रयोग गरी नेपालमा पनि कृषि क्षेत्रको उत्पादन बढाउन सकिने कुरामा थप जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी दामोदर भण्डारीले कृषि क्षेत्रमा उत्पादन एवम् परिणाम मुखि लगानी आवश्यक रहेको बताउनु भयो । आई.डि. नेपालका विनोद मिश्रले उत्पादन वृद्धि गरी खाद्यय सुरक्षा न्युनिकरणका लागि पनि कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग आवश्यक रहेको बताउनु भयो । त्यसै गरी ढिकुर पोखरी सामुदायिक विकास संघका पुण्य भण्डारीले सामान्य प्रविधिको प्रयोगले पनि ढिकुरपोखरी लगायतका विभिन्न किसानहरुको आर्यआर्जनमा वृद्धि भएको बताउनु भयो । उहाँले किसानबाट उत्पादिन वस्तु बजारसम्म पु¥याउन र सहजिकरणका लागि आफ्नो संस्थाले थप काम गरेको बताउनु भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button