तीन वित्तीय संस्था गाभिए

पोखरा, १७ जेठ –

तीन वित्तीय संस्था गाभिएपछि बैंकको पुँजी रु एक अर्ब ५८ करोड, जगेडा कोष रु ७६ करोड पाँच लाख, निक्षेप रु १४ अर्ब ३३ करोड, कर्जा लगानी रु १३ अर्ब २१ करोेड पुगेको छ भने शाखा सङ्ख्या ३८ रहेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले तीनवटा वित्तीय संस्थाको एकीकृत कारोबारको शुभारम्भ तथा पोखराको न्युरोडमा निर्माण सम्पन्न कैलाश विकास बैंक लिको नवनिर्मित भवनको आज एक कार्यक्रमकबीच उद्घाटन गर्दै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगी उद्यमशीलता गरेर मालिक बन्न सबै नेपालीसँग आग्रह गर्नुभयो ।

अहिले पनि देशका ६० प्रतिशत जनता बैंकको पहुँचमा पुग्न नसकेका र उनीहरुले घरमै पैसा राख्ने गरेको जानकारी दिँदै उहाँले सबैजसोले देश बिग्रियो, खतम भयो अब यहाँ केही अवसर छैन भनेर नकारात्मक सोच मात्रै राख्ने र आफ्ना छोराछोरीलाई खाडी मुलुक र मलेसिया पठाउने गरेको बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थामा आपूmले कमाएको पैसा जम्मा गर्ने, उद्योगधन्दा गर्न ऋण लिने अवसर हुँदाहुँदै नबुझीकन सबै नेपाली अवसरबाट वञ्चित भएको धारणा राख्दै गभर्नर डा नेपालले नेपाल राष्ट्र बैंकले अहिले वित्तीय साक्षरताको पहुँच हरेक नेपालीमा पुरयाउन कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्था गाभिँदै गए पुँजीको आकार बढ्ने र वित्तीय संस्थाको लगानी गर्ने क्षमता पनि बढ्ने बताउँंदै उहाँले पैसाको महत्व बुझी व्यवसाय गरेर समृद्धि बन्न सबैसँग आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बैंक तथा वित्तीय संस्थाले छरिएर रहेको पुँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकको पुँजी वृद्धि गरी उनीहरुलाई सबल र सक्षम बनाएको धारणा राख्नुभयो ।

नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक चिरञ्जीवी चापागाईंले गण्डकी र धौलागिरि अञ्चलमा रहेका बैंक तथा वित्तीय संस्थाबाट हाल रु १३४ अर्ब निक्षेप सङ्कलन र रु ६७ अर्ब कर्जा लगानी भएको जानकारी गराउनुभयो ।

कैलाल विकास बैंक लि। सञ्चालक समितिका अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षतामा भएको सो समारोहमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सचिव राजेन्द्र पण्डित, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, डेभलपमेन्ट बैंक र एसोसिएसनका सचिव गोविन्द ढकाल र बैंकका सञ्चालक नारायण बराल लगायतले आफ्नजो धारणा राख्नुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button