एक हजार वर्ष दण्ड जरिवाना असुल्न बाँकी

भक्तपुर, १७ जेठ –

लामो समयदेखि अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेकाहरुबाट भक्तपुर जिल्ला अदालतले रु एक करोडभन्दा बढी असुली गरेको छ ।

विभिन्न मुद्दामा दण्ड जरिवाना तिर्ने फैसला हुँदा फैसला कार्यान्वयन नगरी बर्सौँदेखि फरार रहेकाहरुबाट गत साउनदेखि वैशाख मसान्तसम्म एक करोड १२ लाख ९३ हजार ५४१ असुली गरिएको हो । कुल रु ३७ करोड ८७ लाख ९७ हजार ९९३ जरिवाना असुली हुनुपर्नेमा बाँकी जरिवाना असुली गर्न प्रहरी र अदालतका कर्मचारीले तीव्रता दिएको अदालतका स्रेस्तेदार हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

अदालतले विभिन्न व्यक्तिका मुद्दा अन्तर्गत एक हजार ७० वर्ष सात महिना २३ दिन दण्ड जरिवाना असुल्न बाँकी रहेकामा ३०३ वर्ष नौ महिना दुई दिनको कैद असुली भएको जनाइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button