दुई करोडको लागतमा महायज्ञ

गौशाला, १८ जेठ –

महोत्तरी जिल्लाको सरपल्लो गाविसमा रु दुई करोडको लागतमा रामनाम जाप महायज्ञ सुरु भएको छ ।

सरपल्लो गाविस–५ स्थित ५० विगाहा क्षेत्रफलमा ११ दिनसम्मका लागि अखण्ड रामनाम जाप महायज्ञ आइतबार सुरु भएको सो महायज्ञका पण्डित बालक राघवेन्द्र दास वैष्णवले बताउनुभयो । विश्व कल्याणार्थ श्री श्री १०८ श्री रामनाम जाप महायज्ञ नाम दिइएको सो महायज्ञमा १०५ हवनकुण्ड, दर्जनाँै मूर्ति, प्रवचन तथा विभिन्न अध्यात्मसित सम्बन्धित कार्यक्रमको आयोजना गरिएको छ ।

सो महायज्ञमा भाग लिन भारतका पटना, दिल्ली, वनारससहितका स्थानबाट दर्जनौँ साधु महात्मा आएको र उहाँहरुबाटै दैनिक होम, जाप, प्रवचन र यज्ञका पूजाअर्चना भइरहेको महायज्ञ समितिका अध्यक्ष लालबाबु सिंहले बताउनुभयो ।

यसका अतिरिक्त यस महायज्ञका आकर्षणका रुपमा विभिन्न रामकलेवा, बाललिला, नाच, गान, झुलालगायतका कार्यक्रम समेत रहेको महायज्ञ समितिले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button