पृतनापति कपमा ह्याण्डबल प्रतियोगिता

पोखरा, १८ जेठ –

नेपाली सेनाअन्र्तगत पश्चिम पृतनामा पृतना पति कप खेलकुद प्रतियोगिता मंगलबार बाट सुरु भएको छ । पृतनापतिकप खेलकुदमा यस पटकह्याण्डबल खेल समेत समावेश गरिएको छ । ह्याण्डवल खेलमा पश्चिम पृतना मुख्यालयका साथै तिनवटा बाहिनी तथा गणहरुका ११ टिमको सहभागिता रहेको छ ।

handball 2

प्रतियोगितामा फुटबल, पौडी एथलेटिक्स लगाएत विभिन्न खेलहरु हुनेछन । प्रतियोगिताको उदघाटन पश्चिम पृतनापति रमेश पुनले एक समारोहका विच गर्नुभयो । प्रतियोगितामा ह्याण्डबल खेल समावेश भएकोमा नेपाल ह्याण्डबल संघले नेपाली सेनालाई धन्यवाद ज्ञापन गरेको छ । संघका अध्यक्ष तेज गुरुङ्गले यस नेपाली सेनाले पृतना अन्र्तगत ह्याण्डबल खेल समावेश गरेकोमा खुसी व्यक्त गर्दै यसले ह्याण्डबल खेल बिकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button