आगलागी र चट्याङबाट सयभन्दा बढीको मृत्यु

काठमाडौ, १८ जेठ –

गत वर्षको हिउँददेखि हालसम्म मुलुकभर भएको आगलागीबाट ७६ र चट्याङबाट २८ जनाको निधन भएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय भएका आगलागी, चट्याङका घटनाका बारेमा भएका जनधनको क्षतिबारेमा सदनलाई जानकारी दिनुभएको हो ।

उहाँले बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरण र उहाँको सकुशल रिहाइका बारेमा पनि सदनलाई जानकारइ दिँदै आगमी दिनमा यस्तो घटना हुन नदिन प्रहरी प्रशासनलाई उच्च सतर्कता रहन निर्देशन दिइएको बताउनुभयो ।

यसैबीच मधेसकेन्द्रित दलले सदनको आजको बैठक पनि बहिष्कार गरे । सांसद नरसिंह चौधरीले व्यवस्थापिका सदनको बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय माग गरी सरकारले तराई–मधेसमा जारी आन्दोलनको माग सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button