भूकम्पपछि मानव बेचबिखनको जोखिम बढ्दै

बनेपा, १८ जेठ –

काभ्रेपलाञ्चोकमा भूकम्पपछि ग्रामीण भेगका युवा वैदेशिक रोजगार र मानव बेचबिखनको जोखिममा परेका छन् ।

नेपाल महिला तामाङ घेदुङले एक वर्षका अवधिमा जिल्लामा गरेको अध्ययनले विद्यालय छाडेका बालबालिका र प्रवेशिका अनुत्तीर्ण विद्यार्थी त्यस्तो जोखिममा परेको घेदुङका कार्यक्रम संयोजक मायालु तामाङले जानकारी दिनुभयो । “वैदेशिक रोजगारीमा गएका केही ठगिएका छन् र केही मानव बेचबिखनको जोखिममा छन्” कार्यक्रम संयोजक तामाङले भन्नुभयो । उहाँले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि जिल्लाका करिब २५ गाविसमा ५०२ जनालाई सुरक्षित बसाइँसराइसम्बन्धी अनुशिक्षण दिइएको जानकारी दिँदै मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सुरक्षित बसाइँसराइ सञ्जाल निर्माण भएको बताउनुभयो ।

“वैदेशिक रोजगारीमा ठगीमा पर्ने र बेचबिखनमा पर्ने व्यक्ति पुनः त्यही समाजमा बस्नुपर्ने भएकाले सबै कुरा खुलेर भन्न पीडित पक्ष चाहँदैन” नेपाल महिला तामाङ घेदुङका अध्यक्ष सुनी लामाले भन्नुभयो । उहाँले जिल्लाभर ५० गाविसमा मानव बेचबिखनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै संस्थाले वैदेशिक रोजगारीका सिलसिलामा अलपत्र भएका आठ जनालाई उद्धार गरेर नेपाल ल्याएको उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक विदुरकुमार थापाले मानव बेचबिखनको जोखिममा परेकाहरु खुलेर आउन नसकेको जानकारी दिँदै पीडितले नै प्रहरीलाई उपेक्षा गरेको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button