मनोरञ्जनात्मक रेस्लिङ शनिबार

 

पोखरान्युजडटकम, ३ असार –

हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले यही असार ४ गते मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ ।

नेपालमा रेस्लिङ खेललाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीमाटीको तरकारी तथा फलफूल बजारभित्र हुन लागेको हो ।

एसोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालले नेपालमा रेस्लिङको राम्रो सम्भावना भए पनि खेलाडी उत्पादन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै यस खेलको विकासका लागि उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा कालीमाटी तरकारी बजार युवा क्लबको सहयोगमा शनिबार साँझ ४ बजे हुने उक्त कार्यक्रममा नौ जना नेपाली खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

एसोसिएसनका अध्यक्ष विसुराल अन्तर्राष्ट्रिय तहका रेस्लर हुनुहुन्छ । उहाँले २०६० सालदेखि स्वदेश तथा विदेशमा प्रशिक्षणसमेत दिँदै आउनुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button