अन्तराष्ट्रिय विमानस्थलका कारण पोखराको प्याराग्लाईडीङको भविष्य अन्योलमा

पोखरान्युजडटकम, ४ असार –

नेपाल हवाई खेलकुद संस्था “ना” ले शनिबार पोखरामा आयोजना गरेको प्याराग्लाईडिङ्ग व्यवसायिक समस्या, चुनौति र समाधान बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै प्राधिकरणका उपमहानिर्देशक पोखरेलले पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण हुने भए पनि तत्काल प्याराग्लाइडीङ हुने नहुने भन्ने बिषयमा भन्न नसकिने बताए । उनले भने “ चिनीया टोलीले नेपाल सरकारलाई विमानस्थल निमार्णको प्रतिवेदन दिएको आधारमा मात्र पोखराको कुन कुन क्षेत्रमा प्याराग्लाईडीङ गर्न हुने वा नहुने भन्ने बारे भन्न मिल्छ तर तत्काल यसै भन्न मिल्दैन । ”

यससंगै पोखरा क्षेत्रमा आधार भएर अब कुनै पनि नयाँ प्याराग्लाईडीङ कम्पनीहरु दर्ता नहुने भएका छन । पोखरा क्षेत्रमा पछिल्लो क्रममा ६२ वटा प्याराग्लाइडीङ कम्पनीहरु पुगेपछि त्यसलाई सरकारी निकायले व्यबस्थित पार्न पनि नयाँ कम्पनीको दर्ता प्रकृया नहुने भएको शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै नेपाल नागरीक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताएका हुन । कास्कीको सराङकोटमा २० र तोरीपानीमा ४२ वटा प्याराग्लाईडीङ कम्पनीको दर्ता भएको छ भने अधिकाशं कम्पनीहरुले व्यवसायीक रुपमा प्याराग्लाईडीङ गराउदै आएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हवाई उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले दुई दशक देखि पोखरामा व्यवसायीक रुपमा प्याराग्लाईडीङ भए पनि व्यबस्थित हुन नसकेको गुनासो गरे । उनले भने “प्याराग्लाइडीङ उडान भर्ने स्थानमा शौचालय तथा खानेपानीको कुनै सुविधा छैन, अवतरण गर्ने ठाँउमा काँडाहरु छन, प्याराग्लाईडीङमा तल्लो तहबाटै धेरै सुधार गर्नु पर्दछ । ” सोलो र टेण्डम फ्लाइट एकै ठाँउबाट नहुने बताएका उनले सोलोलाई भन्दा व्यावसायीक उडान टेण्डमलाई आफुहरुले बढी ध्यान दिने बताए । उडान शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने बताएका उनले अर्को व्यबस्था नभएसम्मको लागि प्याराग्लाईडीङ पाईलटहरुले पटके उडान शुल्क तिर्नु पर्दछ । ”

पहिलो उडान निमावली सम्सोधनको लागि मन्त्रीस्तरको बोर्ड बैठकले सम्सोधन नगरेसम्म पटके शुल्क तिर्नु पर्ने उनले बताए । एक पाईलटले उडान शुल्क मासिक रुपमा ९ हजार रुपैया तिर्दै आएका छन । व्यावसायी तथा पाईलटकहरुले सरकारले लाईसेन्स वितरण गरेर पनि विदेशीको जसरी आफुहरुलाई पटके शुल्क लिने गरेको बिरोध जनाउदै यसलाई बार्षिक नविकरण शुल्क मात्र लिनुपर्ने माग राख्दै आएको पाइलट क्लवका अध्यक्ष खुम गुरुङले बताए । गत भदौ देखि पोखराका १ सय ७ जना पाईलटकहरुले अस्थाई उडान अनुमति पत्र लाईसेन्स प्राप्त गरे पछि हरेक प्याराग्लाईडीङ पाईलटले हरेक महिनामा नागरीक उड्डयन कार्यालयलाई उडान शुल्कः ९ हजार ४० रुपैया तिदै आएका हुन ।

हवाई खेलकुद संस्था नाका महासचिव वसन्तराज दवाडीले प्याराग्लाईडिङ्ग व्यवसायिक समस्या, चुनौति र समाधानको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय पर्यटन परिषदका सदस्य बासु त्रिपाठीले प्याराग्लाईडीङ व्यावसायी पहिला एक हुन आग्रह गर्दै व्यवसायमा कुनै सिण्डिकेट गर्न नहुने जनाए ।

नाका कार्यवहाक अध्यक्ष सोवित बानियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आन्तरीक राजश्व कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदी, फोकल पर्सन देवेन्द्र पाण्डे, पोखरा पर्यटन परिषदका उपाध्यक्ष चिरन्जिवी पोखरेल, नाका सल्लाहकार नातासा श्रेष्ठ, टानका अध्यक्ष रामचन्द्र शर्मा, सचिव कृष्ण भण्डारी लगायतले पर्यटकीय नगरी पोखरामा पछिल्लो क्रममा पर्यटकहरुको मुख्य आकषर्णको केन्द्र बन्दै आएको साहासिक खेल प्याराग्लाईडीङलाई दिगो रुपमा संचालन गर्न सुझाव दिएका छन । साथै वक्ताहरुले कास्कीका सम्भावित क्षेत्रहरुको खोजि गर्न समेत आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button