ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा रत्न र विष्णु भिड्ने

पोखरान्युजडटकम, ५ असार –

नेपाली सेनाका रत्नजित तामाङ्ग र दिपेश धामी, नेपाल प्रहरीका विष्णु कटुवाल तथा भोजपुरका विकास श्रेष्ठ पाँचौं पुष्पलाल स्मृती रयाङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकल तर्फ आईतबार अन्तिम चारमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिको पुरुष एकलको खेलमा नम्बर एक रत्नले एपिएफका जोसेफ अधिकारीलाई २१–१३, २१–७ ले पराजित गर्दै सेमिमा स्थान बनाए । उनले अब सेमिमा पुलिसका बिष्णु संग प्रतिस्पर्धा गर्ने छन् । बिष्णुले एपिएफका विजीत थापामगरमाथी २१–१९, २१–११ को जित निकाले । यस्तै अर्को सेमिफाईनलमा सेनाका दिपेश र भोजपुरका विकासविच फाईनल प्रवेशको लागि संघर्ष हुने भएको छ । दीपेशले आफ्नै क्लबका नविन श्रेष्ठलाई २ज्ञ–७ र २१–११ले तथा विकासले एपिएफका सुदीप सेंढाईलाई २१–१६ र २१–९ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेमिफाईनलमा सेनाका चारै खेलाडीले कब्जा जमाए । लिग चरणको खेलमा ३ जित हात पार्दै नङ्गशल देवी तामाङ्ग समूह क बाट पहिलो र अनुमाया राई दुई जितका साथ दोश्रो हुंदै सेमिमा स्थान बनाउन सफल भए । त्यस्तै समूह ख बाट जेसिका गुरुङ्ग पहिलो र अमिता गिरी दोश्रो हुंदै सेमिफाइनल प्रवेश गरे ।

अब फाईनल प्रवेशका लागि नङ्गशलले अमिता र जेशिकाले अनुमायाको सामाना गर्नु पर्नेछ ।

लिग चरणको आज सम्पन्न खेलमा १२ औं सागकी कास्य पदक विजेता नङ्गसलले सेनाकै अनुमाया राईलाई २१–११ र २१–१२ले पराजित गरिन् । यसैगरि जेसिकाले सुनैना मुखियालाई २१–१६, २१–१५, अमिताले एपिएफकी शोभा गौचनलाई २१–१३, १९–२१ र २१–१६ले र धनगढीकी दुर्गा भण्डारीले सेनाकी मेगा चन्दलाई २१–१८ र २१–११ले पराजित गरे ।

महिला जोडी तर्फ पनि नङ्गशलदेवी तामाङ्ग सेमिफाइनल प्रवेश गरेकी छिन् । सेनाकी नङ्गशलले अमिता गिरी संग मिलेर ब्रदर्श क्लबका डिना पुन र ज्योती सुब्बाको जोडीलाई २१–१५ र २१–१३ ले पराजित गरे । एपिएफका सिता राई र शोभा गौचनको जोडीले सेनाका सनैना मुखिया र जेसीकाको जोडीलाई २१–१२, २१–११, कैलालीकी दुर्गा भण्डारी र ललितपुरकी सुजा राईको जोडीले सेनाकै अनुमाया राई र मेघा चन्दको जोडीलाई २१–१८, २१–१८ तथा एपिएफकी पुजा श्रेष्ठ र विना तुलाचनको जोडीले ललितपुरकी पूर्णिमा राई र संगिता राईको जोडीमाथी २१–१३ र २१–१०को जित निकाल्दै सेमिफाईनलमा स्थान सुरक्षित गर्न सफल भए।

पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले ललितपुरका प्रनेश चित्रकार र दीपेश शाक्यको जोडीलाई २१–१० र २१–७ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीले नवलपरासीका होमनाथ भण्डारी र सुदीप के.सी.को जोडीलाई २१–१५, २१–११ले, एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले ललितपुरका शैलेश दाहाल र विशाल थापालाई २१–१० र २१–१०ले, भोजपुरका विकास श्रेष्ठ र ललितपुरका राम राईको जोडीले तिनचुलीका डि.बि. तामाङ र पर्साङ्ग शेर्पाको जोडीलाई २१–११ र २१–१२ले, एपिएफका सुदीप सेढाई र विजीत थापाको जोडीले डिबिसीका रामकुमार प्रजापती र लोकेन्द्र तिमल्सिनाको जोडीबाट वाकओभर, कैलालीका जितेन्द्र शर्मा र राजकुमार पोखरेलको जोडीले एपिएफका दिलिप गौचन र विदुर जङ्ग थापाको जोडीलाई २१–७, १५–२१ र २१–१९ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । पुलिसका बिष्णु कटुवाल र दीप बोहरा, एपिएफका पंकज चन्द र ईन्द महता, तथा दीपेश धामी र सुरोज महर्जनको जोडी पनि जित हात पार्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button