एकता विद्यालय ह्याण्डबल प्रतियोगिता सुरु

पोखरान्युजडटकम, ६ असार – 

दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्र-छात्रा ह्याण्डवल प्रतियोगितामासोमबार भएको छात्र तर्फ भएको उदघाटन खेलमा सैनिक आवाशिय महाविद्यालयले पोखरा लनर्स लाई ३०–६ को भारि गोल अन्तर पराजित गरेको छ ।

सोमबार सम्पन्न छात्र तर्फको अन्य खेलमा सरस्वती ले रेन्वोलाइ १९–०३ ले सोसियल पव्लिकले वेल नोन एकाडेमी लाई १९–०२ ले, माउन्ट अन्नपुर्णले चिल्डे«न एकाडेमीलाई १५–१२ ले, जनप्रियले त्रिवेणीलाई १४–०२ गोलले पराजित गरेका छन ।

यसै गरि छात्रा तर्फ भएको खेलमा माउन्ट अन्नपुर्णले जनप्रियलाई ४–१ले, लिटल स्टेपले शान्ति दिपलाई १२–१ ले ज्ञानज्योतीले वेल नोन लाई १२–१ ले, एसओएस ले त्रिवेणीलाई ३–१ ले सोसियल पव्लिकले कान्तीपुर एकाडेमीलाइ ३–२ ले, गण्डकीले पोखार लर्नस लाई १५–०२ र सृजनाले पोखरा एकडेमीलाई ५–३ गोल अन्तरले पराजित गरेका छन ।

नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले उक्त प्रतियोगिताको उद्घाटन गर्दै ओलोम्पिक दिवसको महत्व माथि प्रकाश पार्दै खेलकुद संग आवद्ध सवै संघहरुलेयस अवसरमा प्रतियागिताहरु आयोजना गर्नु पर्ने कुरामा जोड दिए । उनले आफ्नो पठन–पाठनमा ध्यान दिैदै साथै खेलकुदलाई पनि संगै अगाडी बढाउन उनले बिद्यार्थीहरुलाई आग्रह गरे ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङले बिद्यालय स्तरीय ह्याण्डवल प्रतियोगिताले नयाँ खेलाडीहरु उत्पादन हुने विश्वास व्यक्त गरे । एकता बुक्सका पब्लिक रिलेसन अफिसर संजय अधिकारीले नेपालको वातावरण सुहाँउदो खेल ह्याण्डवलमा एकता बुक्सले सम्भावना देखेर प्रतियोगिता निरन्तरताको लागि प्रायोजना गर्दै जाने बताए ।

सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको नवनिर्वाचित नयाँ कार्यसमितिलाई सम्मान तथा स्वागत गरीएको थियो । संघका केन्द्रीय अध्यक्ष तेज बहादुर गुरुङ, संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले मञ्च कास्कीका अध्यक्ष केशव पाठक, उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, कोषाध्यक्ष विजय नेपाल, सदस्य उमेश पुन, नारायण शाहि लगायतलाई माला लगाउदै तिन बर्षे कार्यकालको सफलताको कामना सहित वधाई ज्ञापन गरेका हुन ।

कार्यक्रममाह्याण्डवल खेलको बिद्यालयस्तरबाटै विकास र विस्तार गर्ने उद्धेश्यले जुन २३ अर्थात अन्तर्राष्ट्रिय ओलम्पिक दिवस तथा अन्तर्राष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरीएको संघ कास्कीका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक असोक साहीले बताए । प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायिक बिद्यालयका छात्रतर्फ १७ र छात्रा तर्फ १६ टिमको सहभागिता रहेको संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । विजेता टिमलाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरीने भएको छ ।

शसस्त्र प्रहरी कालिका गणको खेल मैदानमा चार दिनसम्मसंचालन हुने प्रतियोगिता सम्पन्न गर्न करीब २ लाख ७० हजार खर्च लाग्ने भएको विद्यालय ह्याण्डबल संघ कास्कीका सचिव खिम गुरुङले बताए । प्रतियोगितामा लिग र नक आउट चरण गरि कुल ६८ खेलहरु हुनेछन । प्रतियोगिता कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघको आयोजना, नेपाल ह्याण्डवल संघको तत्वावधान, नेपाल ओलम्पिक कमिटिको बिषेश सहयोगमा, एकता बुक्स डिष्ट्रिब्युटर्स काठमाण्डौंको मुख्य प्रायोजन भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button