ग्लोबल टेकले ल्यायो स्मार्ट एटेन्डेन्स सिस्टम

पोखरान्युजडटकम, १९ असार –

आफ्ना नानीबाबुहरु विद्यालयमा प्रवेश गरेको र विद्यालयबाट छुटेको बारेमा अभिभावकहरुले घरै बसीबसी जानकारी पाउन सक्ने प्रविधि ग्लोबल टेक प्रालिले बजारमा ल्याएको छ ।

पोखरामा आईतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका निर्देशक अच्युत पोखरेलले प्रविधिबारे जानकारी दिनुभयो । ‘स्मार्ट एटेन्डेन्स सिस्टम’ नाम दिईएको यो प्रविधिले विद्यार्थीहरु विद्यालय पुगेको र विद्यालयबाट बाहिरिएको जानकारी अभिभावकहरुले एस एम एस मार्फत थाहा पाउन सक्ने छन् । उक्त प्रविधिका लागि विद्यालयमा आर एफ आईडी नामक यन्त्र जडान गर्नुपर्ने हुन्छ । उक्त यन्त्रसंग विद्यार्थीले आफ्नो स्मार्ट आईडी कार्ड प्रर्दशन गरेपछि स्वचालित रुपमा विद्यार्थी प्रवेशको सन्देश अभिभावक र विद्यालयको रेकर्डमा रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो । उक्तप्रविधिकालागि कम्पनीले ई–प्राईमा नामक एस एम एस प्रोभाईडर संग सहकार्य गरेको ई–प्राईमाका निर्देशक डि पी पण्डितले बताउनु भयो । विद्यालय प्रवेशको मुल गेटमा जडान गरेको आर एफ आई डीले २ सय मिटर परसम्म एकैपटकमा हजारौँ स्मार्ट कार्डहरुको डाटा लिन सक्ने पण्डितको भनाई छ ।

यो प्रविधि जडानबाट विद्यालयमा छरितो रुपमा विद्यार्थीको हाजीर गर्न सकिने, अभिभावकहरुलाई आफ्ना नानीबाबु प्रतिको निगरानी बढ्ने र विद्यालय पुगेका विद्यार्थीहरुको संख्या छरितो रुपमै थाहा हुने कम्पनीको विश्वास छ । प्रविधि जडान गर्ने विद्यालयका लागि केही समय परीक्षणकालको समय रहने र अभिभावक र विद्यालयको सहमतीमा उक्त प्रविधि जडान गर्न सकिने बारे कार्यक्रममा जानकारी गराईएको थियो । प्रविधिमार्फत प्राप्त हुने एस एम एस बापतको शुल्क भने अभिभावकहरुले व्यहोर्नुपर्ने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button