भारतिय अनलाइनले भन्यो ‘फेवाताल र माछापुछ्रे हिमाल भारतमा पर्छ’

पोखरान्युजडटकम-
नेपालका प्रमुख पर्यटकिय स्थलहरुमा गिद्धे नजर लगाउदै आएको भारतले पोखराको फेवाताल र माछापुछ्रे हिमाल पनि आफ्नो देशमा रहेको बताएको छ । भारतको चर्चित अनलाइन  मध्ये पर्ने “अमर उजाला” ले फेवाताल र माछापुछ्रे हिमाल भारतमा रहेको लेख्दै भ्रमणको लागी आवहान गरेको छ ।

भारत में इन 10 जगहों पर बसती है जन्नत, क्या आपने देखी? शिर्षकमा खबर राखेको उक्त अनलाइनले  पोखराको फेवाताल र माछापुछ्रे हिमाललाई इन्डियामा घुम्नै पर्ने मुख्य १० ठाउँमा पहिलो नम्बरमा राखेको छ ।

एलेक्जा वर्ल्ड ¥याङकमा २४ सय ६५ र इन्डीया ¥याङकमा २ सय ७ औँ स्थानमा रहेको उक्त अनलाईनले लेखेको यो लेखलाई आलोचना गर्दे आलोचक रोर्वटले उक्त स्थान नेपालको पोखरा भएको भन्दै पाठकलाई गलत सन्देश दिएर भ्रममा नपार्न सुझाव दिएका छन ।

यस अघि पनि पटक पटक भारतीय मिडियाले गौतम वुद्धको जन्मस्थल लुम्वनी र विश्वकै सर्वौच्च शिखर सगरमाथा पनि भारतमा पर्ने  भन्दै गलत समाचार सम्प्रेषण गर्दे भ्रम सिर्जना गरेका थिए । पत्रिकारीताको मर्यादा ख्याल नगरि विश्वलाई भ्रम सिर्जना गरि समाचार सम्प्रेषण गरेको उक्त साइटमा प्रकाशीत समाचार हेर्न यहाँ क्लिक गर्नुहोस । https://www.amarujala.com/photo-gallery/news-archives/bizarre-news-archives/top-10-travel-destinations-in-india

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button