झुम्कावाली पछि प्रमोद खरेल यसो भन्दै छन (भिडियो हेर्नुहोस)

पोखरान्युजडटकम, २३ साउन –

झुम्कावालीको अपार सफलता पछि गायक प्रमोद खरेलले नयाँ भिडियो सार्वजनिक गरेका छन् । बहु चर्चित बनेको झुम्कावाली पछि गायक खरेलले शनिबार ‘चल बतास चल’ बोलको गीतको भिडियो अमेरिकाबाट सार्वजनिक गरेका हुन् । उनले नयाँ भिडियो झुम्कावालीकै टिमसँग मिलेर निर्माण गरेका छन् । जसमा गीतकार शितल कादम्बिनी गुरुङका शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ ।

किशोर थापाले अडियो मिक्सीङ गरेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । प्रमोद खरेल आँफैले अभिनय गरेको भिडियोमा उनलाई नम्रता सापकोटाले सा थदिएकी छिन् । निर्मल लामा र भिम फेदी गाइजको कोरीयोग्राफी र नृत्य रहेको भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका हुन् ।

करिब दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक दीपक आचार्य बिशेष गरी छोटा चलचित्र लेखन तथा निर्देशन गर्छन् भने लामो समय देखि चर्चित हाँस्य टेलिश्रृंखला मेरी बास्सैको लेखन, मुख्य सहायक निर्देशक तथा कलाकारको रुपमा काम गरिरहेका थिए । यो गीतको निर्देशनबाट निकै सन्तुष्टि मिलेको उनले बताएका छन् ।

यसै बिच हाल अमेरिकाको डेलासमा रहेका गायक खरेलले ‘चल बतास चल’ बोलको गीतको भिडियो यूट्युबमा सार्वजनिक गर्नु अघि एक भब्य कार्यक्रमको बिचमा नेपालका लागि भूतपूर्व अमेरिकी राजदुत स्र्कट डेलेसी र टेक्सासका नेपाली समुदायका विभिन्न प्रतिष्ठित ब्यक्तित्वहरुका बिचमा भिडियोको प्रिमियर गरेका थिए ।

सो अवसरमा उत्साहितमा होलकाबिच नेपालका लागी भूत पूर्व अमेरिकी राजदुत डेलेसी स्टेजमा नै उठेर नाचेको दृश्य अत्यन्तै रोमान्टिक बनेको थियो । सो अवसरमा नेपाली लोक दोहोरी गीतमा पिएच डी गरेकी अमेरिकी गायिका अन्ना स्टेयरले पनि सहभागीता जनाएकी थिइन् । कार्यक्रमको शिल शिलामा अमेरीकामा रहेका गायक खरेल अगष्टको अन्तिममा मात्रै नेपाल फर्किने छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button