पोखरा, २४ साउन –
पोखराको फेवातालमा सोमबार दिउसो डुंगा पल्टिएको छ ।
डुंगामा ८ जना नेपाली सवार रहेकोमा ६ जनाको उद्दार गरिएको छ भने बाकी २ जना तालमा हराएका छन् । वेपत्ता भएका २ जनाको खोजी कार्य जारी रहेको छ । हल्लनचोक पछाडी तालको मध्य भाग तिर डुंगा शयर गरिरहेका बेला उक्त डुंगा पल्टिएको हो ।
उद्दारमा संग्लन डुंगा व्यवसायी समितिका एक पदाधिकारीका अनुसार उनीहरु लाइफ ज्याकेट बिना डुंगामा शयर गरेका थिए । क्षमता भन्दा बढी व्यक्ति डुंगामा सवार गरेका कारण उक्त घटना घटेको उनले बताए।
तालमा डुबेका मध्ये ३ जनालाई पानी भित्र डुबी सकेपछि टाउकोमा समातेर उद्दार गरिएको उद्दारमा संग्लन सन्दिपले बताए । उनीहरु सवार डुंगा डुंगा व्यवसायी समितिको नभई ताल पारीको एक रेस्टुरेन्टको रहेको थाहा हुन आएको छ ।डुंगा व्यवसायी समितिले बिना लाइफ ज्याकेट डुंगा शयर गर्न नदिने जनाउदै आएको छ ।
उद्दार पश्चात घाइतेहरुको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । उनिहरु मध्ये दुइ जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।