पोखरामा मोबाइल मेला

पोखरा, २६ साउन –

प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ ।

पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागिता रहने पोखरा इलेक्टोनिक्स व्यवसायी सङ्घका सचिव नारायण सुवेदीले जानकारी दिनुभयो ।

विभिन्न छरिएर रहेका मोबाइल पसललाई एउटै छानामुनी राखी मर्मतको साथै सस्तो मूल्यमा उपभोक्ताले मोबाइल खरिद गर्न पाउनभन्ने उद्देश्यले सो मेला आयोजना गरिएको हो । करिब ८० वटा कक्ष रहने सो मेलाको २० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने र रु ३० लाखभन्दा बढीको कारोबार हुने सङ्घका अध्यक्ष श्रीप्रसाद घलेले बताउनुभयो । मेलामा प्रत्येक सामान खरिदमा पाँचदेखि १० प्रतिशतसम्म छुट दिइने बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button