भद्रगोलकी रक्षाको जवानी डुब डुबमा

पोखरान्युजडटकम –

भद्रगोलमा अभिनय गरेर चर्चामा आएकी रक्षा श्रेष्ठ म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छिन् । प्रमोद खरेलको आवाजमा रहेको हर रात गीतको चर्चा सेलाउन नपाउदै उनी गायक प्रदिप लामाको आवाज रहेको डुब डुब गीतको भिडियोमा उनी अर्का चर्चित मोडेल दिपक लामासँग देखिएकी हुन ।

Duba Duba - Pradip lama - feat Rakshya Shrestha bhadragol

गीतमा उत्कृष्ट शब्द र संगीत संयोजन गायक प्रदिप आँफैले गरेका छन । आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा नव ढुङेलले यस् गीतको भिडियो निर्देशन गरेका हुन । गीतको रोमान्टिक दृश्यहरु सिनेम्याटोग्राफर अमृत सुनुवारले कैद गरेका हुन भने माधव बेल्बासेले सम्पादन गरेका हुन । भिडियोमा पोखराको फेवाताल र पावर हाउश लगायतका सुन्दर दृश्यहरु देख्न पाइन्छ ।

शास्त्रीय संगीतमा करिब आधा दशक निरन्तर साधनारत गायक लामाको पहिलो एल्बम जर्नी अफ लभमा समावेश गरिएको यो गीतमा आधुनिक, पप, क्लासिकल र तामाङ्ग शेलोको समेत फ्युजन पाइन्छ । उनको एल्बम लाई आर्टिस्ट नेपालले बजारमा ल्याउने तयारी गर्दैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button