स्याङ्जा माझकोट गाविस अब भिडियोमा (भिडियो सहित)

पोखरा, १२ भदौ –

स्याङ्जा माझकोट गाविसभित्र रहेका गाऊँहरुलाई समेटेर निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । माझकोट शिवालय सम्पर्क समिति पोखरा द्धारा निर्मित उक्त भिडियोलाई भुपाल क्रियशन युटुव च्यानलले सार्वजानिक गरेको हो ।

भिडियो https://www.youtube.com/watch?v=Et6hDD5KAMs लिङकमा गएर हेर्न सकिने छ । गाविसका प्राकृतिक, साँस्कृतिक पक्षलाई प्रमुखतामा राखि तयार गरिएको भिडियोलाई भुपाल गुरुङले निर्देशन गरेका हुन् । सिद्धार्थ राजमार्ग नजिकिदै पर्यटनको सम्भवना बोकेको यस क्षेत्र प्रवद्र्धनका निमिक्त भिडियोले महत्वपुर्ण भुमिका खेल्ने निर्माण पक्षको दावी छ । भिडियोमा माझकोट २ राम्चेका निशा गुरुङ मुख्य भुमिकामा देखिएकी छन् । निशाले यस भन्दा अगाडि पनि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् ।

धनु गुरुङको शब्द रहेको गीतलाई नरजंग गुरुङले संगीत भरेका हुन् भने गायिका निशा गुरुङले स्वर दिएकी छन् । भिडियोलाई मिलन शंकरले खिचेका हुन् भने रोहन नेपालीले कोरियोग्राफि गरेका छन् । भुपाल क्रियशनको प्रस्तुती रहेको भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका हुन् । भिडियो निर्माणमा दुई लाख भन्दा बढि खर्च भएको निर्माण पक्षले जनाएको छ ।

भिडियो निर्माणको लागि ओम गुरुङको सँयोकत्वमा माझकोट गाऊँ चिनारी गीत तथा भिडियो निर्माण समिति समेत गठन गरि कार्य गरेको थियो । मिलेनियम ट्रेक अन्तरगत पर्ने माझकोट गाविस बाईसे चौबिसे राज्यमा भिरकोट आठथर अन्र्तगत पर्दथ्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button