पर्यटन प्रबर्द्धन गर्न लगानी आवश्यक

पोखरा, १५ भदौ –

पोखराको पर्यटन प्रबर्द्धन गर्नका लागि लगानीका क्षेत्रलाई विकास गर्ने कुरामा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । ट्रेकिङ्ग इक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको १९ औ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनमा बुधवार पोखरेली व्यवसायीहरुले यस्तो वताएका हुन ।

पर्यटन व्यवसायमा रहेका चुनौतीहरुलाई पार गर्नका लागि पनि उल्लेखनिय लगानी आवश्यक रहेको तथा योजनावद्ध विकासको खाँचो रहेको कुरामा उनीहरुले जोड दिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आन्नदराज मुल्मीले छिमेकी मुलुक भारत र चिनको दाँजोमा पर्यटन व्यवसाय खस्किएको बताए । उनले भने ‘मित्र राष्ट्र श्रीलंका र वंगालादेश पनि पर्यटनको क्षेत्रमा १०-१० प्रतिशतका दरले वृद्धी भएको अवस्थामा नेपालको खस्किनु सोचनिय रहेको छ ।’ उनले पर्यटन विकासका लागि एकिकृत पहलको आवश्यता रहेको वताउँदै नेपाली व्राण्डका उत्पादनमा विशेष जोड दिनु पर्ने कुरा औल्याए ।

कार्यक्रममा पोखरा पर्यटन पुर्नउत्थान समितीका संयोजक गणेश बहादुर भट्टराइले पोखराका सामाजिक संस्थाहरुमा सामाजिक भावना र संबेदनशिलता हराएको तथा कार्य गर्ने शैलीका कारण फेवाताल कुरुप बन्दै गएको बताए । उनले पर्यटन विकासका लागि एकता आबश्यक रहेको समेत बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कंडेलले पर्यटन व्यवसायलाई मर्यादित बनाउन तथा नेपालको अर्थतन्त्र संग जोड्न उत्पादन मुखी उद्योगमा जोड दिनु पर्ने बताए ।

पोखरा उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले व्यवसायी विचको अस्वस्थ प्रतिष्पर्धालाई हटाउँदै पोखरेली व्यवसायीले खेप्नु परेको अस्वभाविक घर भाडालाई मापदण्डमा ल्याउनु पर्ने बताए । राष्ट्रिय पर्यटन परिषदका सदस्य बासु देव त्रिपाठीले पोखराको पर्यटन विकासका लागि पोखरा उद्योग वाणिज्य संघमा सक्षम नेतृत्व आवश्यक रहेको कुरा तथा फेवाताल लगाएत अन्य प्राकृतिक सम्पदाको सुरक्षा र विकासका लागि एकिकृत निती तर्जुमा गर्नु पर्ने कुरामा जोड दिए ।

टेसा पोखराका अध्यक्ष चन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषदका सोम थापा, व्यवसायी विश्व शंकर पालिखे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष राम कृष्ण ज्ञवाली, टेसाका उपाध्यक्ष राम चन्द्र गिरी, सचिव नारायण सापकोटा लगाएतले पोखरालाई पर्यटन राजधानीको रुपमा विकास गर्न सवैको पहल आवश्यक रहने कुरामा जोड दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button