टेसा पोखराको अध्यक्षमा सुवेदी

पोखरा, १५ भदौ –

ट्रेकिङ इक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको १९ औ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले नारायण प्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधवार पोखरामा सम्पन्न टेसाको उक्त अधिवेशनले प्रथम उपाध्यक्षमा राम चन्द्र गिरी, द्वितिय उपाध्यक्षमा नारायण सापकोटा र सचिवमा प्रमोद भण्डारीलाई चयन भएका हुन । यसैगरी सह–सचिवमा रामजी अधिकारी र कोषाध्यक्षमा दामोदर बराल निर्वाचित भएकाछन् भने सदस्यहरुमा चिरञ्जीवी लामिछाने, महेन्द्र जि.सी., टिका बहादुर लम्साल र टंक सुवेदी चयन हुन ।

जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समितिका सह सचिव समेत रहेका अध्यक्ष सुवेदी विगत ८ बर्ष देखि पोखरामा सनराईज ट्रेकिङ सप संचालन गर्दै आएका छन। टेसा पोखराको सदस्य पदमा रहेको व्यक्तिलाई अध्यक्षको जिम्मेवार दिनु हुने संस्थाका पदाधिकारीहरु प्रति आभार व्यक्त गर्दै अध्यक्ष सुवेदीले आफ्नो २ बर्षीय कार्यकाल व्यवसायीको हकहितमा काम गर्ने वचन दिदै पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा पर्यटन सम्वद्ध संघ संस्थाहरुसंग सहकार्य गरी अघि बढ्ने बताए । उनले भने “भूकम्प र भारतीय नाकावन्दीले अझै पनि हाम्रो व्यवसाय फस्टाउन नसकिराखेको अबस्थामा अब हामीले यहाँको पर्यटन प्रवद्र्धन गर्न विभिन्न सरोकार वाला निकायसंग समन्वय गरी अघि बढ्नु पर्दछ, त्यसमा हाम्रो पनि साथ र सहयोग हुने छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button