भाइबरले फेरी दियो नेपालीलाई निशुल्क भाइबर आउट कलको सुविधा

पोखरा, २२ भदौ –

नेपाली नम्बरबाट डायल गर्ने ग्राहक अर्थात  नेपाली उपभोक्तालाई भाइबरले यही भदौ २१  देखि असोज ३ गते सम्म वेलुकी ८ बजे  देखि १० बजे  सम्म १० मिनेटका लागि नि:शुल्क ‘भाइबर आउट कल’ सुविधा दिएको छ । भाइबरका अनुसार यो सुविधा नेपाली नम्बरबाट डायल गर्ने ग्राहकले मात्र पाउने छन् ।

यो सुविधा विभिन्न ५२ वटा फरक कोडका मोबाइल एवं ल्यान्डलाइन फोनमा पाइने छ जसका लागि नेपाली उपभोक्ताको फोन इन्टरनेटबाट  चलेको हुनुपर्नेछ भने अर्कोतर्फ  सिधैं इन्टरनेट नजोडिएको फोनमा कुरा गर्न सकिनेछ ।

यो  सुविधा अन्तर्गत नेपाली उपभोक्ताले अस्ट्रेलिया, बहारैन, बाङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, सार्ईप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयर्ल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेशिया, नेपाल, नेदरल्याण्ड, न्यू जियल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्तुगाल, कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, भिएतनाम लगायतका देशमा ‘ कल गर्न सकिनेछ  ।

नि:शुल्क इन्टरनेट कल सुविधा दिदै आएको भाइबरले यस्तो (भाइबर आउट कल ) सुविधा नेपालमा भूकम्प गएलगतै पनि दिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button