युरोपियन पारा तेक्वान्दोमा भण्डारीलाई कास्य पदक

काठमाडौँ –

पोल्याण्डमा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सिता भण्डारीले कास्य पदक जितेकी छिन् ।

पोल्यान्डको वार्सामा भएको ५८ केजी तौल समुहको के–४४ विधातर्फ सिताले कास्य पदक जितेकी पारा तेक्वानदो प्रशिक्षक कल्याण कुँवरले बताए । सिताले रसियाकी खेलाडी अब्दुलोभालाई १२–१ स्कोरले हराउदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् । तर उनि फाइनल यात्रा तय गर्न रसियाकै खेलाडी रामा जोनोभासँग भएको खेलमा ६–१ स्कोरले पराजित भएपछि कास्य पदकमै चित्त बुझाउन बाध्य भइन् ।

त्यस्तै के–४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी पहिलो खेलमै सडन डेथमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिन् । निर्धारित तेस्रो राउन्डसम्म उब्जेकिस्तानकी खेलाडी इसाकोभा जियोदाखोनसँयग धामीले बराबरी स्कोर गरिन् । चौथो राउन्डको सडन डेथमा भने उनि पराजित भएको टोलीका प्रशिक्षक कुँवरले बताए । प्रशिक्षक कुँवरले उनिहरुले पर्याप्त श्रोत साधनमा रहेर गरेको ट्रेनिङ अनुरुप प्रदर्शन गरेको बताए । टिम व्यवस्थापकमा दीपक विष्टले भने समग्रमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । उनीहरुलाई खेल्नका अझ ट्रेनिङ र राम्रो वातावरण नेपालमा आवश्वक छ । अन्य देशको तुलना केही राम्रो सेवा सुविधा दिने सके पारा खेलाडीले अझै राम्रो गर्न सक्छन् विष्टले भने । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button