माग्ने बुढाले भने, सरकारको सहयोग चाहिँदैन अहिले (भिडियोसहित)

पोखरा –

६क्का पञ्जाको सफलतापछि एक दिन हलमा देखिएका उनी एकाएक म त मन्त्रीको सालो बोलको गीतको सुटिङ्गमा भेटिए । गीतले चर्चा पाए पनि भिडियो भने नबनेको यो गीतमा अभिनय गर्दै माग्ने बुढाले आफु ठिक हुँदै गएको बताएका छन् । पूर्ण रुपमा ठिक भइसकेको छैन, तर लगभग ठिक भइसकेँ उनले गज्जबको अनलाईसँग भने ।

औषधी धेरै प्रकारको सेवन गरिरहेकाले कमजोरी महसुस हुने गरेको भन्दै उनले पूर्ण रुपमा अभिनयमा आउन अझै केहि समय लाग्ने बताएका छन् । आफ्नो उपचार गर्न सरकारको पनि प्रस्ताव आएको बताउँदै उनले अहिले आफ्नो उपचार गर्न सक्ने नै अवस्था रहेको जानकारी दिएका छन् । आफ्नो स्वास्थ्य उपचारबारे चासो राख्ने शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै उनले भोलीका दिनमा आवश्यक परेमा सबैको सहयोग चाहिने बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button