पोखरामा अन्तरकलेज भलिवल प्रतियोगिता सुरु

पोखरा –

अन्तरकलेज कास्की जिल्लास्तरीय छात्र भलिवल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । संविधान दिवसको अवसर पारेर सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिकागण मैदानमा संचालित प्रतियोगिता तीनदिनसम्म चल्नेछ ।

पोखरा बहुमुखि क्याम्पस विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको प्रतियोगितामा कास्कीका सामुदायिक र नीजि क्याम्पसका १३ वटा टिमले भाग लिएका छन् । सोमबार चारवटा खेल भए । पहिलो खेलमा भद्रकाली मावि विजयी भएको छ । भद्रकालीले शान्ता माविलाई २५–६, २२–२५ र २५–१० सेटमा पराजित ग¥यो ।

त्यस्तै अर्काे खेलमा पश्चिमाञ्चल उच्चमाविले शिवशक्ति माविलाई २५–२३, २६–२८ र २६–२४ मा पराजित ग¥यो । तेश्रो खेलमा हिलप्वाइन्टले टप्स उच्चमाविलाई २५–१० र २५–१७ को सोझो सेटमा पराजित ग¥यो । अन्तिम खेलमा राष्ट्रिय उच्चमाविले बालमन्दिर माविलाई २५–१० र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । मंगलबार पाँचवटा खेल हुनेछन् । संघका अध्यक्ष सुवाश शर्माले भलिवलका नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरेको बताए ।

शर्माका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः २० र १२ हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल पाउनेछन् । ‘राष्ट्रका लागि स्वस्थ खेलाडी’ भन्ने नारासहित आयोजित प्रतियोगिताको गणका डिएसपी राजेश खरेलले उद्घाटन गरे ।

क्याम्पस प्रमुख सुनील मर्सानीले सामुदायिक क्याम्पसबाट भलिवल खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरेको बताए । ‘क्याम्पसमा अध्ययनरत विद्यार्थीमा भलिवलको क्रेज छ । त्यसलाई बाहिर ल्याउन खोजेका हौं । यसले अरु खेलाडी उत्पादनमा पनि सघाउँछ,’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button