अन्तरकलेज भलिवल प्रतियोगिताको फाइनलमा पोखरा बहुमुखि क्याम्पस

पोखरा –

पोखरामा जारी अन्तरकलेज कास्की जिल्लास्तरीय छात्र भलिवल प्रतियोगितामा आयोजक पोखरा बहुमुखि क्याम्पस फाइनलमा पुगेको छ । पोखरा बहुमुखी क्यापस कालिका बहुमुखि क्याम्पसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

पोखरा बहुमुखी कालिकालाई २५–१६, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरयो । राष्ट्रिय उच्चमावि र स्पाइरल ग्यालेक्सीबीच बुधबार दोश्रो सेमिफाइनल खेल हुनेछ । दोश्रो सेमिफाइनल खेलको विजेता पोखरा बहुमुखिसँग उपाधि रक्षाका लागि खेल्नेछ।

मंगलबारका क्वाटरफाइनलमा स्पाइरल उच्चमाविले गोगन उच्चमाविलाई २५–१३ र २५–१७ मा पराजित ग¥यो । भद्रकाली बहुमुखि र पोखरा बहुमुखिबीच भएको खेलमा पोखरा बहुमुखिले भद्रकालीलाई २५–१७ र २५–१४ मा हरायो ।

अर्काे खेलमा कालिका उच्चमाविले हिलप्वाईन्ट उच्चमाविलाई २५–२३ र २५–१७ मा हरायो । त्यस्तै राष्ट्रिय उच्चमाविले पश्चिमाञ्चल उच्चमाविलाई २५–१९ र २५–१४ मा हरायो । दोश्रो सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछन् ।

पोखरा बहुमुखि क्याम्पस विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको प्रतियोगितामा कास्कीका सामुदायिक र नीजि क्याम्पसका १३ वटा टिमले भाग लिएका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः २० र १२ हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button