अन्तरकलेज छात्र भलिवल प्रतियोगिता पोखरा बहुमुखिलाई उपाधि

पोखरा –

पोखरा बहुमुखि क्याम्पसले पोखरामा जारी अन्तरकलेज कास्की जिल्लास्तरीय छात्र भलिवल प्रतियोगितामा उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा पोखरा बहुमुखिले स्पाइरल ग्यालेक्सी उच्चमाविलाई पराजित गर्दै उपाधि हात पारयो ।

आयोजक पोखरा बहुमुखि क्याम्पसले स्पाइरल ग्यालेक्सीलाई १९–२५, २५–२३, २५–२३ र २८–२६ मा पराजित गर्दै नगद २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पारयो । उपविजेता बनेको स्पाइरलले १२ हजार रुपैयाँ पुरस्कार पायो ।

बुधबार भएको दोश्रो सेमिफाइनल खेलमा स्पाइरलले राष्ट्रिय उच्चमाविलाई पराजित गरेको थियो । स्पाइरलले २५–२३, २५–१६, २५–२७ र २५–२१ को सेटमा राष्ट्रिय उच्चमाविलाई पराजित गरेर फाइनलमा पोखरा बहुमुखिसँग भेट गरेको थियो ।

पोखरा बहुमुखि क्याम्पस विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको प्रतियोगितामा कास्कीका सामुदायिक र नीजि क्याम्पसका १३ वटा टिमले भाग लिएका थिए । प्रतियोगिता संयोजक सुवाश शर्माले कलेजमा भलिवलका प्रतिभावान खेलाडी रहेको र उनीहरुको पहिचान दिलाउन यो प्रतियोगिता आयोजना गरेको बताए । पोखरा बहुमुखि क्याम्पसका प्रमुख सुनील मर्सानीले आगामि दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button