पाँचौं संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी तिव्र

पोखरा –

पोखरामा यही असोज १५ देखि २२ गतेसम्म संचालन हुने पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ को तयारी तिव्र पारिएको छ ।

संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा ८ दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । “ लागु औषद निर्मुल हाम्रो अभियान, समाज परिवर्तनमा युवा जागरण ” भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगितामा करीब ४० टिमको सहभागिता रहने भएको क्लवका अध्यक्ष शिव गुरुङ्ग (माया) ले बताए ।

संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा ६ दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैया र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरीने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीने भएको छ ।

शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले उक्त प्रतियोगिताको लागि ५ लाख ४३ हजार १७ रुपैया आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ । प्रतियोगितामा अन्तिम टिम दर्ताको समय सिमा भने यही असोज १३ गतेसम्म भएको प्रतियोगिताका संयोजक सुर्य बहादुर गुरुङ्ग (राजु) ले बताए ।

त्यसै गरी सह प्रायोजकको रुपमा संगम युके र संगम जापान रहेका छन । संगम जापानको तर्फबाट असोक गुरुङ, राजकुमार गुरुङ र राजु गुरुङको सक्रिएतामा एक लाख तीस हजार उक्त प्रतियोगिताको लागि सहयोग गरेका छन । मनोज गुरुङ र मिलन गुरुङको नेतृत्वमा सहप्रायोजकको रकम सहित उक्त प्रतियोगिताको लागि वेलायताबाट एक लाख ५० हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको सह–संयोजक विवेक गुरुङले बताए ।

प्रतियोगिताको उप–प्रायोजकमा संगम मकाउ, संगम सिंगापुर रहेका छन । संगम सिंगापुरबाट ८० हजार र संगम मकाउबाट ८५ हजार सहयोग प्राप्त भएको छ । त्यसै गरी उक्त प्रतियोगिताको लागि वेलायत निवासी लालकाजी गुरुङबाट ५० हजार, हङकङ निवासी डेडिव गुरुङबाट ३० हजार र समाजसेवि गजेन्द्र शेरचनबाट ३५ हजार आर्थिक सहयोग भएको क्लवका अध्यक्ष गुरुङले बताए । फुटवल खेलको विकास गराउने उद्धेश्यले नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावालीको अवसरमा उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको क्लवका अध्यक्ष गुरुङ्गले जनाए । २०६६ मा २० हजार प्रथम पुरस्कार राखेको क्लवले हरेक बर्ष पुरस्कार राषिमा बृद्धि गर्दै अघि बढेको छ । गत बर्ष विजेतालाइ ८० हजार थियो भने यस बर्षका विजेतालाई एक लाख २१ हजार १ सय ११ रुपैया रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button