पोखरामा आयोजीत भाइटिका महोत्सवमा १५ देशका ५५ जना पर्यटक सहभागी

पोखरा –

नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको भाईटिका पर्वको अवसरमा आज मंगलबार पोखरामा आयोजना भएको १० औें भाईटिका महोत्सव २०७३ मा १५ देशका ५५ जना पर्यटकहरु सहभागि भएका छन ।

vaitika-festival-2073पश्चिमाञ्चल होटल संघ पोखराले पर्यटन प्रवद्र्धन गरी नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आयोजना भएको महोत्सवमा अमेरीका, अष्ट्रेलीया, बंगलादेश, चाईना, बुल्गेरीया, होल्याण्ड, जर्मन, वेलायत, स्पेन, जापान, सुईस, कोरीया, ब्राजील, फ्रान्सका सहित नेपालका गरी १५ देशका ५५ जना पर्यटकहरु उक्त महोत्सवमा सहभागि भएको संघले जनाएको छ । पर्यटन प्रबर्द्धन गर्दै नेपाली कला संस्कृतिको बारेमा बिदेशीहरुलाई समेत जानकारी गराउने उद्धेश्यले आयोजना गरेको महोेत्वसमा विदेशीहरु उत्साहजनक रुपमा सहभागि भएको संघका अध्यक्ष भरतराज पराजुलीले बताए ।

महोत्सव संयोजक राजेन्द्र ढकालका अनुसार यस बर्ष ७ जना विभिन्न देशका पर्यटकहरु पुनः दोहोरीयर भाईटिका महोत्सवमा सहभागि भएका छन । भाईटिका महोत्सवमा सहभागि भएका विदेशी पर्यटकहरुलाई लेकसाईडको लालुपातेमार्गमा रहेको वटरफ्लाई फाउण्डेसनको परिसरमा भाईटिकाको दिन दिउँसो ३ बजे पछि नेपाली परम्परा अनुसार नेपाली चेलीहरुले पर्यटकहरुलाई दाजुभाईको सम्बन्ध प्रगाढ रहोस भन्दै यो पर्व मनाएको संयोजक ढकालले बताए । उनले भने “ गत बर्ष भूकम्प र नाकावन्दीको असरले गर्दा पर्यटकहरुको सङख्या घटे पनि यस बर्ष भने उत्साहजनक बढ्दै गएकोले यस बर्ष हामीले सन्तोसजनक पर्यटकहरुलाई भाईटिका महोत्सवमा सहभागि गराउन सफल भएका छौं । ”

vaitika-festibal-pokharaउक्त महोत्सवमा नेपाली परम्परा अनुसार तिहार पर्वको विधि अनुसार टिका लगाईएको थियो । पर्यटकहरुलाई निधारमा सप्तरंगी टिकाको साथमा, सयपत्रि फुलका माला, पुरुष पर्यटकहरुलाई नेपाली ढाका टोपी र महिला पर्यटकहरुलाई सल प्रदान गरी भाईटिका मसला समेत प्रदान गरीएको थियो । रेन्वो चिल्ड्रेन पाउण्डेसनका वालीकाहरुले दाई तथा दिदीको रुपमा पर्यटकहरुलाई टिका लगाए पछि उनीहरुलाई पर्यटकहरुले समेत दक्षिणा दिएका थिए । तिहार पर्वमा खाईने सेल रोटि, अचार, सहितका परिकार समेत विदेशीलाई खुवाउदै देउसी भैली कार्यक्रममा छम्छम्ती नचाइएको सहसंयोजक केशवराज पहारीले बताए । अन्तर्राष्ट्रिय भाईचार स्थापना गर्न पनि उक्त महोत्सवले सहयोग पुराएको उनले जनाए । नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा भएको महोत्सवमा रेन्वो चिल्ड्रेन पाउण्डेसनका वालीका तथा वालकहरुले भैली देउसी कार्यक्रम समेत प्रस्तुतः गरेक थिए । महोत्सवमा तिहारका खानाको समेत व्याबस्था गरीएको थियो ।

भाईटिका महोत्सवमा दोश्रोे पटक सहभागि भएकी नेदरल्याण्डकी हिल्ट जे म्यानले तिहार पर्वको छुट्टै रमाईलो हुनुको साथै यसले दाजुभाई तथा दिदी बहिनीको सम्सन्ध दिगो पार्न पनि सहयोग गर्ने भएकोले एक पटक सहभागि भए पनि पुनः अर्को पटक सहभागि भएको बताईन । अष्ट्रेलीयाकी सुशानले नेपाली पर्व तिहारले भाईटिका महोत्सवको निहूले विभिन्न देशका नागरीकहरुसंग प्रत्यक्ष पारिवारीक सम्वन्ध गराए जस्तो भान भएको बताईन । उनले भनीन “ म नेपाल भ्रमण गर्न ९ दिनको लागि आएकी थिए, पोखरामा भाईटिका महोत्सवज हुन्छ भन्ने थाहा पाए पनि महोत्सवमा सहभागि भए तर महोत्सवमा मैले सोचेको भन्दा धेरै राम्रो कार्यक्रमहरु भयो । ” आफ्नो व्यापारको शिलशिलामा काठमाण्डौं हुदै पोखरा घुम्न आएका बंगलादेशका असिनले पलिहो पटक नेपाली परम्वपरा अनुसार टिका लगाउन पाएकोमा खुसि व्यक्त गरे । उनले भने “ विभिन्न देशमा घुम्ने क्रममा अन्य देशको संस्कृतिमा आधारित पर्वहरु मनाउदा नेपालीहरुले मनाएको जस्तो पर्व मनाएको पाईन, दिदी वहिनी तथा दाजुभाईको सम्वन्ध जोडिएको यो पर्वको धेरै महत्व छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button