सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक (भिडियो सहित)

पोखरा – 

गीतकार प्रकाश सुवेदीको ‘मनका कुरा तिमीलाई वताउन पाए’ वोलको प्रणय भावको गीत सार्वजनिक भएको छ ।

writer-prakash-subediगायक शिव कुमार चौधरीको ’भावना’ गीति एलवम मार्फत सक्रिय रुपमा गीति लेखन यात्रा सुरु गरेका गीतकार  सुवेदीको उक्त गीतमा  संगीत र स्वर विमल पराजुलीको छ भने संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन्।

अष्ट्रेलियाका विभिन्न मनोरम स्थलमा छायाङ्कन गरिएको उक्त गीतको भिडियो परिकल्पनाकार चलचित्र निर्देशक सुवर्ण थापा,छायाकार विनोद केसी,सम्पादक सुरेश राउत र निर्देशक गोविन्द गैरे रहेका छन्   नेपासेल नामक संस्थाले भिडियो निर्माण संयोजन गरेको भिडियोमा कलाकारहरु गोविन्द गैरे र एलिशा कटुवालको अभिनय रहेको छ ।
छिटै  ’प्रदीप्त’ गीति एल्वम मार्फत अडियो सिडीको रुपमा आउन लागेको एल्वममा आठ ओटा गीत समावेस रहने  सुवेदीले वताएका छन्।

फरक फरक  गायक र संगीतकारको प्रस्तुति रहेको उक्त एल्वममा लेखन भने गीतकार सुवेदीको एकल रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button