पोखरामा यसरी बनाइयो नेपालकै सबैभन्दा ठुलो अम्लेट (फोटोहरु सहित)

पोखरा –

पोखरामा नेपालकै अहिलेसम्मको सबैभन्दा ठुलो अम्लेट पकाइएको छ । पोखरा रंगशालामा जारी  पोखरा सिटी रेवान महोत्सब तथा फुड फेस्टीवलमा शुक्रबार ११३७ वटा अण्डाको एउटा अम्लेट पकाइएको हो ।

big-omelet-pan-jpgनेपाल सम्वत ११३७ को अवसरमा ११३७ वटा अण्डाको एउटै भाडामा अम्लेट पकाइएको आयोजक पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार
एशोसियसन (पोखरा सिटी रेवान) कास्कीका अध्यक्ष केपी शर्मा पाध्याले बताए । उनले भने“ नेपाल सम्वतको सम्मान तथा महोत्सवमा थप आकषर्ण दिलाउन पनि  नेपालमै पहिलो पटक धेरै अण्डाको एउटै भाडामा अम्लेट पकाएका हौं । ” करीब आधा घण्टा लागेर पकाइएको उक्त अम्लेट महोत्सवमा पुगेका अतिथि देखि दर्शहरुलाई समेत वितरण गरीएको थियो ।

big-omlet-preparation-ladyसामान्यतया अण्डा पकाउन एक मिनेट देखि २ मिनेटमा तयार पारीन्छ । तर पानी र तेल मिसायर धेरैअण्डा पकाउदा भने करीब आधा घण्टा जसो समय लागेको स्टाण्डर्ड होटल एण्ड ल्याङग्वेज ईन्स्टिच्युटका कन्सल्ट्यान्ट अरुण मानन्धरले बताए।

big-omelet-pan-jpg

संस्थापक अध्यक्ष चिरन्जिवी श्रेष्ठ र चर्चीत गायक वद्री पंगेनीले संयुक्त रुपमा उक्त अम्लेट घाडाबाट पस्केर एक अर्र्काेलाई खुवाएसंगै अन्य सहभागिलाई वितरण गरीएको थियो । अण्डा, तेल, पानी, मिसायर अण्डा वनाए पनि माथिबाट धनिया, टमाटर, लसुन, लगायतका वस्तुहरु मिलायस बनाएकोले उक्त अण्डालाई फुलवारी अण्डाको नाम दिईएको महोत्सवका अण्डा फुलवारी संयोजक सागर लुईटेलले बताए ।

big-omlet-preparationस्टाण्डर्ड होटल एण्ड ल्याङग्वेज ईन्स्टिच्युटका कन्सल्ट्यान्ट अरुण मानन्धरको नेतृत्वमा ईन्स्टिच्युटका पदाधिकारी, नेपाल टुरिजम एण्ड होटल
म्यानेजमेन्ट कलेज छिनेडाँडाका बिद्यार्थीहरुको सहयोगमा उक्त अण्डा महोत्सवमा पकाइएको हो ।

big-omlet-full-coveredचितवनमा करीब दुई बर्ष अघि एक हजार वटा अण्डाको अम्लेट पकाइृएको होटल पामका सेफ दिपक लामाले बताए । पोखराका पाकेको धेरै अण्डाको अम्लेट नेपाल मात्र नभई सम्भवत दक्षिण एयसियाकै धेरै अण्डाको अम्लेट हुन सक्ने उनले दाबी गरे । हालसम्म अमेरीकामा ६० हजार वटा अण्डाको अम्लेट वनाएको बताइन्छ ।

omlet-covered७ वटा चुल्हो प्रयोग गरी अण्डा पकाउने आठ वाई आठ फिटको भाडोमा दुई इृन्च गहिराई पलामको भाडोमा अण्डा पकाइएको मानन्धरले बताए । अण्डा पकाउदा छिटै नडढोस भनेर पानी र तेल हालेको उनले बताए । अण्डा पकाए पछि करीब १५ मिनेट र्यापिङ पेपरले छोपेर वाफमा उक्त अण्डा पकाएकोे थियो ।

big-omlet-in-pokharaअर्की सेफ सन्जु कुवंरले आफुहरुको करीब २० जनाको टिमले नेपालमै धेरै अण्डाबाट अमलेट वनाउने अवसर पाएकोमा खुसि व्यक्त गरीन । उनले भनिन“ कुकहरुसंग पनि धेरै सिप हुन्छ भन्ने कुराको यो एउटा मात्र उदाहरण हो, कुकले चाहेमा धेरै खानाका परिकारलाई फरक ढंगले पस्कन सकिन्छ ।” प्रति अण्डाको तौल करीब ५० ग्राम हुन्छ ।

omlet-badri-pageniउक्त अण्डाको अम्लेट वनाउने स्थलमा दर्शकहरुको भिड लागेको थियो।  अण्डा वनाउनको लागि छुट्टै भाडा निमार्ण गरीएको हो । मंसिर १२ गतेसम्म चल्ने उक्त महोत्वसमा विभिन्न कार्यक्रमहरु भई रहेको महासचिव दिपक तिमिल्सिनाले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button