पोखरा-काठमाण्डौ रुटमा शौचालय तथा स्लीपर सिटयुक्त रात्रि बस शुरु

गणेश वराल,

पोखरा –

पोखरा -काठमाण्डौ रुटमा आधुनिक मेकानिकल शौचालय सहितको सुपर डिलक्स रात्रि बस संचालनमा आएको  छ ।

पोखरा -काठमाण्डौ रुटमा दिवाकालिन समयमा यसअघिनै सुबिधासम्पन्न गाडी संचालनमा आइसकेको  भएता पनि रात्रीकालिन समयमा भने नेपालमै पहिलोपटक यस्तो सुबिधासम्पन्न बस संचालनमा आएको हो । पृथ्बीराजमार्ग वस संचालक समिति अन्तर्गत  पोखरा जगदम्भा ट्राभल्सको लगानीमा राती १० बजे पोखरा र काठमाण्डौ वाट छुट्ने गरि उक्त बस सेवा संचालनमा ल्याइएको हो ।

बससेवाको सोमवार राती एक कार्यक्रमका विच पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साइले  सुरुवात गरेका हुन् । सोमवार समितिका पदाधिकारी, ट्राभल्सका संचालक एबम सरोकारवाला हरुको उपस्थितिमा बसका चालक , सहचालक,वस होस्टेज  तथा बसमा यात्रा गर्ने यात्रुहरुलाई खादा लगाई  बिदाई गरिएको थियो  ।

यात्रुहरुको सुविधाको लागी बस भित्रै हाइ-टी, स्लीपर सिट, बल्याङ्गकेट, शौचालय, वस होष्टेज, ब्रेकफास्ट,फेस टावेल, मिनि वार , वाइफाई, पत्रपत्रिका जस्ता सुविधा  रहेको  ट्राभल्सका संचालक केशवराज अधिकारीले वताए । यी सबै सुबिधा  तोकिएको भाडा दर ११ सय रुपैमा भित्रमै यात्रुलाई उपलब्ध हुनेछन्  । अधिकारीले भने “ हामीले यात्रुहरुले घरवाट अथवा आफ्नो प्रस्थान स्थानवाट बेलुकाको खाना खाइ, आफ्नो सुत्ने ६ घन्टाको समयमा निन्द्रा पूर्याई समयको खेराबिनै आफ्नो गन्तब्यमा पुगुन भन्ने हेतुले सेवा सुचारु गरेका छौ  ।” वसमा यात्रु चढेसंगै बस होष्टेजले स्वागत गरी, हाइ-टीको व्यवस्था , १ सय १० मिटरमा रेस्टिंग पोइन्ट, बिहान ४ देखि साढे ४ बजेको समयमा यात्रुहरुलाई उठाई शौचालयको लागी सूचना दिने, चिया कफी को ब्यबस्था गर्दै बिहान ६ बजे भित्रमै यात्रुलाई काठमाण्डौ पुर्याइने अधिकारीले जानकारी दिए । यो रुटमा सेवा राम्रोसंग संचालन भएसंगै अन्य गाडी थपिने र अन्य क्षेत्रमा समेत सेवा विस्तार गरिने उनले जनाए ।

आफुहरु यात्रुहरुलाई क्याबिन कोच युक्त  सुबिधासम्पन्न गाडीहरु भित्राउन लागिपरेको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । उनले भने “म मेरै कार्यकाल भित्र यात्रुहरुलाई अत्याधुनिक सुविधा दिने उद्धेश्यले थप सुबिधासम्पन्न गाडीहरु संचालनमा ल्याउन हरदम लागिपरेको छु।” समितिका महासचिव योगेन्द्र बहादुर केसीले यात्रुको ईच्छा र चाहाना अनुसार पुराना गाडीहरुलाई प्रतिस्थापन गर्दै आफुहरुले सुविधा सम्पन्न वस सेवा संचालन गर्दै जाने बताए ।

 पोखरा विराटनगर, विराटनगर काठमाण्ठौ, विरगन्ज काठमाण्डौ, पोखरा दिल्ली जस्ता रुटमा उक्त ट्राभल्सले सुबिधासम्पन्न वसहरु संचालन गर्दै आएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button