एमालेको आन्दोलनको औचित्य छैनः प्रधानमन्त्री प्रचण्ड

पोखरा-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले हाल संविधान संसोधन गर्न नहुने भन्दै सडक र सदनमा आन्दोलन गर्नुको कुनै औचित्य नभएको बताएका छन ।

प्रेस सेन्टर नेपाल कास्कीले सुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षदलले जनतालाई उत्तेजित पारी सडक र सदनमा आन्दोलन गर्नुको हूनै औचित्य नभएको दाबी गरेका हुन । उनले भने “ संसोधन प्रस्तावमा नेपाल राष्टलाइ हानी हुने, नेपालीको भाषा, नागरीकता जस्ता बिषयमा कुनै राष्टघाती हुने बिषयहरु छैनन, अहिलेको प्रतिपक्षले नै अघि सारेको प्रस्तावलाई मैले अघि सारेको हुँ, जुन कागेंसले समर्थन गरेको बिषय हो, प्रतिपक्षले अलिहे विरोध गर्नु कुनै औचित्य हुदैन ।” अत्यन्त गलत प्रचारबाजी भएको आरोप लगाउदै उनले संसोधन प्रस्ताव ४ महिना लागेर ल्याएको  र धेरै पटक धेरै दलहरुसंग छलफल गरेर ल्याएको प्रचण्डको दाबी गरे । संविधान संसोधन गछौं भन्दै संविधान जारी गर्दा प्रतिवद्धक्ता व्यक्त गरेका कागेंस, एमाले अहिले संविधान संसोधन गर्न अनकनाएको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले कागेंंससंग भएको सहमतिको आधारमा आफ्नो पालामा स्तानीय तहको निर्वाचन गराउने प्रतिवद्धत्ता व्यक्त गरेकोले कुनै पनि हालतमा निर्वाचत गराएरै छाड्ने दाबी गर्दै निर्वाचन नहुन्जेल सरकार नछाड्ने बताए । उनले भने “लोक्कल इलेक्सन नहुदासम्म त मेरो जिम्मेवारी पुरा हुदैन, यस बिषयमा कागेंस एमालेलाई प्रष्ट थाहा छ । ” कागेंससंग भएको समझदारीमा दाँया वाँया कल्पना पनि गर्न नसक्ने उनले बताए । उनले भने“ पहिला केपी ओलीलाई प्रधानमन्त्री वनाउन मैले प्रताव गरेको हुँ, उनलाई प्रधानमन्त्री नवनाएको भए संविधान जारी हुने थिएन । ” संविधान कान्वयनको प्रकृयामा छ, आधारभुत रुपले सुनिस्चित पार्ने कुरा निर्वाचनसंग जोडिएको छ, स्थतानीय तहको प्रदेश र संघियताको निर्वाचन गर्नु छ । संविधान कान्वयन मुख्य कार्यभार हो । मधेष, थारु, आदिवासि जनजातिको माग सम्वोधन गरी निर्वाचनमा जानु पर्दछ । प्रदेश र केन्द्रको निर्वाचन एकै दिनमा गर्न सकिन्छ भन्ने मैले गरेका छौं ।वैशाखमा जाने सम्भावना छ, वैशाखबाट सुरु भएर निर्वाचन फेरी जेठसम्म जान पनि सक्छ । निर्वाचन गर्नै बिषयमा कुनै दल विमवितमा छैनन। सरकारको तर्फबाट मेरो सवै दललाई सम्सदमा भाएका दलहरुको सहमतिमा निर्वाचन गराउने पहलमा लागेको छु । उनले भने “संघियता रहदैनकी भन्ने भ्रम हो, यदि संघियता उल्टाएमा संघियता मात्र नउल्टिने होईन, गणतन्त्र, संघियता, धर्मनिरिपेक्ष, मौलिकहक सहितका सम्पुर्ण उपलब्धि उल्टन्छ, जसले गर्दा देश भयानक खतराको भुमरीमा जान्छ ।”

आफुसंग भएको एक गठ्ठा जग्गा र केहि तोला सुन आफ्नो नाममा भए पनि त्यो सम्पुर्ण पार्टीकै भएको बताए । उनले भने “ मैरो नाममा भएको केहि सम्पति पार्टी र सरकारको हो, यदी कसैले मेरो सम्पत्ति कतै भएको पुष्टी गरेमा मैले सन्यास लिन्छु।” प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button