पोखरा-
राप्रपा नेपाल र राप्रपा एकीकरण भएपछि जयलाल पुनको अध्यक्षतामा राप्रपा कास्की जिल्ला शाखाको नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यमितिको अध्यक्षमा जेवी कुँवर, सहअध्यक्षमा नारायण गुरुङ, उपाध्यक्षद्वयमा अर्जुनबहादुर बस्नेत र नरहरि तिमिल्सिना रहनुभएको छ भने पार्टी प्रवक्तामा सूर्य बाँस्तोला, सचिवमा गणेशबहादुर ढकाल, सहसचिवमा असिलकुमार शाही र महेश्वर आचार्य, कोषाध्यक्षमा रञ्जन सेन पौडेल, सहकोषाध्यक्षमा युद्धबहादुर कोइराला हुनुहुन्छ । यसअघि दुवै पार्टीका कार्य समिति सदस्यलाई नयाँ कार्यसमितिमा यथावत् राखिएको प्रवक्ता सूर्य बाँस्तोलाले जानकारी दिनुभयो । रासस
पोखरा न्यूजपुष १