लायन्स पिस सोसाइटीको सामाजिक कार्यका साथै चार्टर नाइट

पोखरा-

लायन्स क्लव अफ पोखरा पिस सोसाइटी ले आफ्नो स्थापनाको तेस्रोवर्ष को अवसर पारेरन्यानो कपडा वितरण गरेको छ। भरतपोखरी स्थित साथी संसारमा रहेका करिव ३२ जना मस्तिष्क घात ,पक्षघात,तथा सुस्त मनस्थिति भएका वालवालिकाहरुलाई बिभिन्न सुइटर,टाउजर लगायतका न्यानो कपडा वितरण गरेको थियो ।

क्लवका अध्यक्ष होम बिलास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव ३२५ बि १ नेपाल का निर्वतमान गर्भनर ला.ध्रुव बहादुर थापाले सामाजीक कार्यमा पिस सोसाईटीले गरेको कार्य को उच्च प्रशंशा गर्दै आउने दिनहरुमा पनि यस्ता मानविय सहयोगका कार्यमा अघि बढ्नका लागी लायन्स डिष्ट्रिकवाट सक्दो सहयोग रहने बिश्वास ब्यक्त गरे ।

यसैगरी क्लवले चार्टरनाइटको पनि आयोजना गरेको थियो । डि भिलेज रेष्टुरेण्टमा भएको कार्यक्रम मा क्लवका सदस्य तथा परिवारहरुको जमघट रहेको थिया । उक्त कार्यक्रमा साथि संसारका ब्यवस्थापक,नारायण प्रसाद अधिकारी ले लायन्सले गरेको सहयोगको प्रशंशागरेका थिए भने क्लवका प्रथम उपाध्यक्ष सन्तोष पौडेल ले स्वागत मन्तबय राखका थिए। कार्यक्रममा एओजी बिश्वेवर आचार्य ,डिस्ट्रिक एडभाइजर दुर्गा प्रसाद हुमागाई डिस्ट्रिक एडभाइजरसुचित्रा थापा कमिटि चेयर पर्सन तिर्थलाल श्रेष्ठ रिजन चेयर पर्सन तेजनारायण पराजुली,जोन चेयर पर्सन विधता श्रेष्ठ चार्टर मेम्वर रमेश थापा मुनालका अध्यक्ष ज्ञानेन्द्र कोइराला लगाएत ले शुभकामना ब्यक्त गरेका थिए भने कार्यक्रम संचालन क्लवका सचिव कुशराज तिमिल्सिनाले गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button