पोखरामा आहा रारा गोल्डकपको तयारी तिव्र

डीएनबी

पोखरा –
पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को तयारी तिव्र पारिएको छ ।

सहारा क्लवको आयोजनामा माघ ४ गते बाट १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारीएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । उनले भने “प्रतियोगितामा सहभागि हुने १२ टिमको अबको केहि दिनमा लगभग पक्का हुदैछ, यसपाली पनि हामीले विदेशी टिम ल्याउने तयारी गरेका छौं, त्यसैगरी आन्तरीक रुपमा खेल मैदान मर्मत सम्हार तथा रंगरोगन लगायतको काम तिव्र गतिमा हुदैछ । ”

मैदान व्यवस्थापन उपसमितिका संयोजक राम्जी कार्कीका अनुसार यही पुषको पहिलो हप्तादेखि रंगशालाको फुटवल मैदानमा पानी हाल्दै मल राखेर दुवो उमार्ने काम भएको छ । मैदान वरपरसरसफाई देखि प्याराफिटमा मर्मत रंगरोगनको समेत कम सुरु भएको उनले जनाए । क्लवले यस बर्ष पनि अस्थायी कृतिम स्काइ फोण्डीङ (फलामको अस्थायी प्याराफिट ) निमार्ण गर्ने भएको छ भने मैदान वरिपरी टिनले वार्ने भएको छ । रंगशलामा केहि बर्ष अघि खानेपानी वोरीङ संचालन भए पनि त्यसलाई समयमै मर्मत हुन नसक्दा पानी किनेर पोखरा रंगशालामा प्रयोग गर्नुपर्ने बाध्यकारी अबस्था रहेको छ ।

खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन,माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन रहेको छ । वेष्ट अफ फाईभ प्रायोजन पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा , अफिसियल वाटर ईको पानी अफिसियल एयर लाईन्स बुद्ध एयर,सर्वोकृष्ट खेलाडी पुरस्कार हिरो डयास स्कुटर,याटस एल.जि.टि.भी.को सहयोग,पोखरा उपमहानगर पालिकाको संयोजन,राष्ट्रिय खेलकुद विकास समिति÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷एन्फा,कास्की÷ सहारा यु.के.÷सहारा हङ्गकङ्ग ÷सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने भएको महासचिव केशवराज बरालले बताए । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरालले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button