पोखरामा हुने क्यान इन्फोटेकमा कम्प्युटर र मोबाइलको निःशुल्क मर्मत

पोखरा-
पोखरामा आगामी फागुन ५ गतेदेखि हुने ‘क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’मा कम्प्युटर र मोबाइलको निःशुल्क मर्मत सेवा उपलब्ध हुने भएको छ । मोबाइल र कम्प्युटर प्रयोगकर्ताको सेवा सुविधालाई मध्यनजर गरी निःशुल्क मर्मत सेवा उपलब्ध गराउन लागिएको निःशुल्क मर्मत सेवा उपसमिति संयोजक पोषबहादुर भुजेलले जानकारी दिए ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सहआयोजनामा इन्फोटेक हुन लागेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेक ४ दिनसम्म चल्नेछ । ‘बिग्रिएका मोबाइल, कम्प्युटर, ल्यापटपहरु मर्मतका लागि इन्फोटेकमा ल्याउन सबैलाई आग्रह गर्दछौं,’ भुजेलले भने, ‘उक्त सेवाबाट धेरै उपभोक्ता लाभान्वित हुने विश्वास गरिएको छ ।’

सूचना, प्रविधि तथा संचार क्षेत्रमा नेपालमा भित्रिएका नविनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पु¥याउने लक्ष्यले इन्फोटेक गर्न लागिएको क्यान कास्कीका अध्यक्ष तथा इन्फोटेकका संयोजक चिन्तामणि बास्तोलाले जानकारी दिए । एक्स्पोको तयारीलाई तिब्र बनाइएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button