पोखराको चिप्लेढुंगामा सामसुङ मोबाइलको नयाँ सर्भिस सेन्टर

पोखरा-

पोखराको चिप्लेढुंगामा सामसुङ मोबाइलको नयाँ सर्भिस सेन्टर संचालनमा आएको छ ।

गण्डकी र धौलागिरीका लागि आधिकारिक सर्भिस सेन्टरको रुपमा  चिप्लेढुंगा स्थित  ओपनहाउस कम्प्लेक्समा  सर्भिस सेन्टर स्थापना गरिएको हो । सर्भिस सेन्टरको बुधबार नेपालको लागि सामसुङ मोबाइलका आधिकारिक बिक्रेता आइ.एम.एस.का डिकेश मल्होत्रा तथा सामसुङ मोबाइलका गण्डकी धौलागिरी आधिकारिक बिक्रेताको रुपमा रहेको वल्ड वाइड कनेक्सनका प्रवन्ध निर्देशक सुशील कुमार गुरुङले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

सामसुङ मोबाइल प्रयोगकर्ता ग्राहकलाई छिटो छरितो रुपमा प्रभावकारी ढंगवाट बिक्री पछिको सेवा प्रदान गर्ने उधेश्यले  सर्भिस सेन्टरलाइ बृहत रुपमा  स्थापना गरिएको प्रवन्ध निर्देशक गुरुङले बताए । कुल मोवाइल बजारको ७० देखि ८० प्रतिशत बजार सामसुङ मोबाइलले ओगटेको दाबी गर्दै गुरुङले सोहीअनुसारको सर्भिस सेन्टर विकास गरिएको बताए । उनले भने, ‘हाम्रो उधेश्य भनेको सामसुङ मोबाइलका उपभोक्तालाई छिटो छरितो रुपमा थप सुविधा सहित गुर्णस्तरीय तवरवाट बिकी पछिको सेवा प्रदान गर्नु हो।’

यसअघि  सामसुङ मोबाइलको  सर्भिस सेन्टर पोखराकै  महेन्द्रपुलमा  रहेको भएता पनि थप सुविधा सहित बृहत्तर रुपमा ओपनहाउस कम्प्लेक्समा नयाँ सर्भिस सेन्टर स्थापना गरिएको  हो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button