पोखरामा एटिएमबाट पैसा चोर्ने संकास्पद दुई विदेशी नागरिक पक्राउ

पोखरा-
पोखरामा बैंकको एटिएमबाट पैसा चोरी गर्ने गरेको संकास्पद दुई जना विदेशी वुल्गेरियन नागरिक पक्राउ परेका छन । पोखराको लेकसाईड स्थित एक फ्ल्याटबाट उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
एटिएमबाट पैसा चोर्ने गरेको हुन सक्ने आशंकामा वुल्गेरियन नागरिक रामोन डिमोभ र मार्टीन रिस्टोरलाई प्रकाउ गरी अनुसन्धान जारी राखिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्ग बहादुर खत्रीले बताए । पोखरामा रहेका केहि सिसी क्यामराको भिडियोमा पटक पटक विभिन्न बैंकहरुको एटिएम मेसिनमा जाने गरेको दृश्य देखे पछि उनीहरुको हुलियाको आधारमा कास्की प्रहरी सहित केन्द्रको एक टिमले पक्राउ गरेको हो ।

पक्राउ परेका विदेशीको साथबाट ३ लाख रुपैया, विदेशी ८ वटा एटिएम कार्ड, ३ स्थान ल्याप्टप लगायतका सामानहरु बरामद गरिएको डिएसपी खत्रीले जनाए । उनीहरुलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । राजधानिमा केही समय अघी एटिएम मेसिनबाट पैसा चोर्ने गिरोह नै प्रहरीले पक्राउ गरेको थियो भने त्यस पछि देशका मुख्य शहरहरुमा नेपाल प्रहरीको हेड क्वाटरले एटिमएम मेसिनबाट पैसा चोरी गर्ने संकास्पद व्यक्तिहरुको निगरानी गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button