बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ

काठमाडौं-।

बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फिर्ता गर्ने नियामवली र प्रविधि लागु गर्न गृहकार्य थालेको छ ।

यस्ता समस्यालाई समाधान गर्न दूरसञ्चार सेवा प्रदायकलाई त्यसको क्षतिपूर्ति भराउने अन्तिम तयारी गरिरहेको प्राधिकरणले उपभोक्ताका गुनासा सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

‘पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्ति सम्बन्धी प्रावधान छैन । त्यसैले अब हामी नयाँ नियमावली बनाउँदै छौं । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दै छौं’ प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भन्नु भयो ।

खनालले तोकिएको मापदण्ड पुरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए)बाट गुनासो र उजुरी गर्न सकिने बताउँदै सेवाग्राहीले  तथ्यपरक गुनासो गरेमा  एक एक गरी कारबाही गर्ने  वताउनुभयो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button