सहकारी दिवसमा पोखरामा बृहत ¥याली, उर्जामा लगानी गर्न अध्यक्ष वडालको आग्रह

पोखरा –
६० औं राष्ट्रिय सहकारी दिवस आइतबार पोखरामा धुमधामका साथ मनाईएको छ । आईतबार सहकारीकर्मीहरुले पोखरामा बृहत ¥याली प्रदर्शन गर्दै यस बर्षको सहकारी दिवस धुमधामका साथ मनाएका हुन ।

चैत्र १८ गतेदेखि २० गते पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाइएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रीनाथ अधिकारीले बताए । उनका अनुसार आईतबार पोखरामा कास्कीका अधिकाशं सहकारीहरुले प्रभातफेरी कार्यक्रममा सहभागि भएका छन । पोखराको मानव अधिकार चोकबाट सुरु भएको प्रभातफेरी, चिप्लेढुंगा, न्युरोड हुदै पोखरा सभागृह हलमा पुगेर समापन भएको हो । प्रभातफेरी कार्यक्रममा पन्चे बाझा सहित विभिन्न झाँकीमा सहभागी भएका थिए । सहभागिहरुले आर्थिक विकासको मेरुदण्ड सहकारी, गाँउ गाँउमा सहकारी घर घरमा रोजगारी, सहकारी एकता जिन्दावाद, घर घरको नारा सहकारी नै सहारा, बचत गर्ने वानी वसालौं लगायतका नारा लेखिएका प्ले कार्ड समेत हात हातमा लियर प्रदर्शन गरेका थिए । “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मूल नाराका साथ देश भर विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाइएको हो ।

यसैबिच, राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष केशव वडालले आईतबार पोखरामा पनि मनाइएको ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बोल्दै बैज्ञानिक तथा अनुसन्धान गरी विकासमा लाग्न सहकारीहरुलाई आग्रह गरेका छन । उनले भने “ अब सहकारीहरुले देशको मुहार फेर्ने गरी वैज्ञानिक तथा अनुसन्धान गरी विकासमा लाग्नु पर्दछ, देशमा हाल भईरहेको ८ अर्ब व्यपार घाटालाई कम गर्न सम्भावित क्षेत्रमा उप्पादन मुलक व्यवसाय गर्नुपर्दछ । ” दिगो विकास लक्ष्य प्राप्तीको लागि वातावरणलाई समेत मध्यनजर गरी पुस्ताहस्तान्तरण गर्दै अघि बढ्नु पर्ने बताएका वडालले कोइला र पेट्रोलिय पदार्थबाट चल्ने बस्तुले वातावरणमा धेरै प्रदुषण गरेकोले त्यसको विकल्पमा अन्य उर्जाको विकल्प, बायु उर्जा , सौर्य उर्जा, जलबिद्युत आदिमा लगानी गर्नुपर्ने बताए  ।

अध्यक्ष वडालले स्थानिय रुपमा भएका प्राकृतिक श्रोत तथा साधनहरुलाई अधिक मात्रमा प्रयोग गरी आर्थिक विकास गर्ने अभियानमा जुट्न सहकारीलाई निर्देशन दिएका छन । देशमा भएका धेरै प्राकृतिक श्रोत तथा साधनहरुलाई अधिक रुपमा प्रयोग हुन नसक्दा देश गरिबिको रेखा मुनि रहेको उल्लेख गर्दै प्राकृतिक श्रोत साधनलाई अधिक मात्रमा प्रयोग गरी देशको आर्थिक विकासको अभियानमा सहकारीहरु लाग्न वडालले निर्देशन दिएका हुन । एउटा सहकारीले गरेको राम्रो कामको देखा सिकी अर्को सहकारीले गर्नूपर्ने बताउदै निजी कम्पनी र सहकारी एकै प्रकारको नभएको अध्यक्ष वडालले दाबी गरे । उनले भने “ सहकारी सामाजिक व्यवसाय हो, सामाजिक न्याय, उत्पादन बृद्धी, राष्ट्रिय दाहित्व वोध गर्नु पर्दछ, कम्पनीको जस्तो संचालक समिति सहकारीमा हुदैन । ” देशमा अझै पनि महिला, पुरुष बिचको विभेद तथा छुवाछुत प्रथा रहेको उल्लेख गर्दै वडालले यसको बिरुद्ध सहकारीहरु लाग्नु पर्ने बताए । उनले भने “तराईमा २२ प्रकारका जातिको छुवाछुत छ, प्रदेश नम्बर दुई मा १६ प्रतिशत दलित समुदायका व्यक्तिहरु रहेकाछन, पहाडी क्षेत्रमा केहि जातिको छुवाछुत अझै रहेको छ, समाजमा रहेको यस्ता कुरुतिहरुलाई हटाउन पनि अब सहकारीले सहकार्य गरेर अघि बढ्नु पर्दछ, अनि मात्र समृद्धि नेपाल बनाउन सकिन्छ । ”

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रीनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा राष्ट्रिय सहकारी संघका संचालक प्रभा कोईराला, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. संचालक भिम गुरुङ, जिल्ला सहकारी संघ कास्कीका कार्यवहाक अध्यक्ष हरिभक्त पौडेल, कास्की बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष सुदिप ढकाल लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button