घुसमा यौन प्रस्ताव राख्ने काठमाण्डौ विमानस्थलका एक हवल्दार पक्राउ

काठमाडौं –

वैदेशिक रोजगारीका लागि विदेश जान लागेकी एक युवतीसँग घुसबापत शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत प्रहरी हवल्दार महिन बस्याल पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार पक्राउ गरेको हो ।

अवैध रूपमा कतार जान खोज्ने क्रममा  करिब दुई महिनाअघि एयरपोर्टबाट फर्काइएकी  एक युवतीलाई बस्यालले आफूसँग शारीरिक सम्बन्ध राखे एयरपोर्टबाट पास गराइदिने आश्वासन दिएका थिए । । उनले ‘आफूसँग एक रात सुते’ एयरपोर्टमा सेटिङ मिलाइदिने प्रस्ताव राखेका थिए । पीडित युवतीले त्यस्तो प्रस्तावको प्रमाणसहित उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । हवल्दार बस्याल एक महिनादेखि फरार थिए ।

परिसरले उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ ।  भिजिट भिसामा कतार जान लागेकी युवतीलाई अध्यागमन कार्यालय एयरपोर्टले रोकिदिएको थियो । त्यसपछि उनी हवल्दार बस्यालको सम्पर्कमा पुगेकी थिइन् । नयाँ पत्रिकामा खबर छ ।

त्यसक्रममा उनले पैसा माग्दै एक रात आफूसँग बस्नुपर्ने प्रस्ताव रोखेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button