वेलायतको भिसा त्यागेर स्वदेशमै अरुलाई पनि स्वरोजगार बनाउदै पोखरेली मीना

पोखरा-
देशमा बेरोजगार समस्याले दैनिक जसो दुई हजार भन्दा बढी युवा विदेश पलायन भइरहेको वेला पोखराकी एक महिला  उदाहरणिय पात्र वन्न सफल भएकी छन । वेलायतको भिसा त्यागेर स्वदेशमै रमाइरहेकी उनी अरुलाई समेत  स्वरोजगार बनाउने अभियानमा लागिपरेकी छन् । नरम स्वभाव र हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचार, सौन्दर्य र राजनीतिलाई एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल पोखराकी मीना गुरुङ सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन ।

पोखरा रानीपौवा तुल्सीमार्ग घर भएकी गुरुङ ब्रिटिस लाहुरेकी श्रीमती भईकन आफ्नो खुट्टामा आफै उभिनु पर्दछ भन्ने मान्यताका साथ गुरुङ हङकङबाट संचार तथा व्युटिसियन सम्बन्धि कामको सुरुवात गरेकी हुन । आफु आत्मनिर्भर वन्ने बाटो लागेसंगै प्रेरित हुन पुगेकी उनी विदेशमा छदा  स्वदेश प्रतिको मायाले तानेपछि वेलायतको आवासीय भिसा छाडेर स्वेदेश फर्किएकी हुन्  ।

श्रीमानले दिएको सिमित रकमले घरयासी काम सहितको आफ्नो लागि रकम खर्चिदा पटक पटक अर्कोसंग निर्भर हुनुले आफुलाई लज्जित पारे पछि आफ्नो लागि आफै केहि गर्नु पर्दछ भन्ने अठोठका साथ हङकङको बी.एफ.बी.एस. रेडियोमा सन १९८८ बाट काम गर्न सुरु गरेकी हुन। ३ हजार डलरबाट मासिक तलव खान सुरु गरेकी गुरुङले हङकङमा पनि महिला माथि हुने गरेको विभेदलाई अन्त्य गर्न समेत आवाज उठाउदै मासिक ८ हजारसम्म तलव खाने आफ्नो हैसियत बनाएकी थिइन ।

आफ्नो श्रीमान ल्याप्टिनेन क्षेत्र बहादुर गुरुङको बृटिस आर्मीको जागिरे जिवनमा हङकङ पुगेकी मीनाले रेडियोकर्मीको राम्रो अनुभव सम्हालेसंगै आफुलाई नेपालमा आएपछि आत्मनिर्भर वन्नु पर्दछ भन्ने मान्यताले गर्दा व्युटिसियन सम्बन्धि डिप्लोमा कोर्ष समेत पुरा गरेकी थिईन । स्वदेश फर्कियसंगै व्युटिसियनका मेसिन सहितका सामाग्रिहरु पोखरा ल्याएर आफ्नो घरबाटै व्युटि पार्लर सुरु गरेकी उनले मलेसियामा रहेको क्लारा इन्टरनेश्नल कलेजबाट अनुबन्धित भई मास्टर फेन्ज चाईजीको रुपमा क्लारा ईन्टरनेश्नल स्पाः तथा व्यूटि कलेज स्थापना गरेकी छन्  । सिटिभिटिबाट मान्यता प्राप्त हङकङ हर्बल ब्युटि ईन्स्टिच्युटबाट सुरु भएको नेपालकै पहिलो व्युटि स्पा कलेज अहिले पोखरा जस्तो सुन्दर नगरमा संचालन भइरहेको छ । प्रज्वल÷प्रजित दुई छोरा र प्रेरणा गुरुङ एक छोरीकी आमा मीना विभिन्न संघ सस्थाका संस्थापक अध्यक्षको रुपमा रहेकिछन भने केहिमा जिम्मेवार पदमा हाल कार्यरत छन ।

उनि नेकपा एमाले कास्की जिल्ला सदस्य, व्युटिसियनहरुको संस्था राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी संस्थापक अध्यक्ष र प्रतिनिधि परिषद प्रमुख, गोर्खा भुपु महिला संघका संस्थापक अध्यक्ष, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश नमबर ४ को सचिव, आदिवासी जनजाती महिला महासंघ कास्कीका महासचिव, लायन्स क्लव अफ सेती गण्डकीको सचिव उनी जिफन्ट गण्डकी तथा धौलागिरीका निवर्तमान अध्यक्ष, गोर्खाली रेडियोका पुर्व अध्यक्ष, प्राप्ति त्रैमासिक पत्रिकाको प्रकाशक÷सम्पाद,क गोर्खा कम्यूनिटी पोखराको द्धितिय उपाध्यक्ष पनि हुन ।

विभिन्न सामाजिक संघ संस्था र राजनिती प्रति आफनो कर्तव्य निर्वाहा गरिरहेकी मिना देशलाई शान्ति र समृद्धिकालागि संविधान कार्यन्वयनमा स्थानिय निर्वाचनद्धारा जनताको प्रतिनिधि छान्न पाउने यो अवसरलाई महत्व पूर्ण रहेको बताउछिन् । नेपालमा विगत १९ बर्ष देखि हुन नसेकेको स्थानिय निकायको निर्वाचनले गर्दा धेरै क्षेत्रमा विकास निमार्णमा ढिला सुस्ती तथा प्रभावकारी नभएको सन्दर्भवमा स्थानिय तहको वैशाख ३१ गते निर्वाचन हुने भनेर सरकारले मिति घोषणा गरि रहदा गुरुङले आफु धेरै संघ संस्थामा लागेर काम गरेको अनुभवले गर्दा अब निती निमार्ण तहमा जाने ईच्छा व्यक्त गरेकी छन ।

उनले भनिन“ हामी धेरै महिलाहरु अझै पनि घरको चुलोबाट र मनको कमजोरीबाट माथि उठन सकेका छैनौं, संसारमा अर्थ तन्त्र जसले चलाउछ उनै स्वतन्त्र र मालिक बन्न पाउछ त्यसैले अब हामीले आफ्नो जीवन स्तरलाई गरिबीको मूल धारबाट हैन सम्पन्नताको माध्यमबाट आफनो अधिकार प्राप्त गर्नु पर्छ उनले भनिन । पोखरामा छरिएर रहेका व्युटिसियनहरुलाई एकिकृत पारी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नामक संस्था गठन गरी महिलाहरुलाई व्यवसायिक रुपमा अघि बढाउन पहल कदमी गरेकी मिनाले हाल नेपालमै अन्तराष्ट्रिय स्तरको व्युटि कलेज स्थापना गरी समाजमा सम्भावित कार्यका थालनी गरेका छन् । मलाई सधै श्रृजनात्मक र सकरात्मक काम गर्न मन लाग्छ । काम बिना समय अनावश्यक रुपमा खेर फाल्न नचाहने सधै कुनै न कुनै कामबाट आफुलाई व्यस्त राख्नु पर्छ भनी काम नभए भावना कोरेर बस्न रुचााउने मिनाले धेरै देशको भ्रमण पनि गरिसकेकी छन । महिलालाई अवसर दिए कुनै काम पनि असफल नहुने उनको विश्वास छ । अझै पनि हाम्रो समाजमा महिलालाई पूर्ण विश्वास गर्न सकेको अवस्था छैन ।

महिलाले जसरी एउटा घर सहज ढंगले चलाउन सक्छन त्यसरीनै उनले समाजको विकास र उन्नतीको साथै देशको विकासमा आफनो महत्व पूर्ण भूमिका निर्वाह गर्न सक्छन भन्ने विषयलाई अब यो हुन लागेको स्थानिय निर्वाचनमा निति निर्माणको तहमा महिलालाई जिताएर हेर्न सकिने  उनी बताउछिन । आमा दिदी बहिनी बहुप्रतिभाशालि नै छन् तसर्थ अव दलका नेताहरुले महिला प्रति जिम्मेवारी ढुक्कले दिए हुन्छ भन्ने उनि  आफु पनि यदि आफनो पार्टी नेकपा एमालेले कुनै विशेष जिम्मेवारी दिएमा अघि बढी काम गर्न सक्ने बताउछीन ।

धेरै सम्भावना बोकेका हाम्रो सुन्दर नगरी पोखरालाई अझ सुन्दर र समृद्ध बनाउन यहाको मूल आय स्रोत पर्यटन व्यवासायलाई सहयोग हुने अन्य व्यवसायको निम्ती धेरै योजना आउनु पर्ने उनको धारणा छ । प्रकृतिको संरक्षण र सम्बर्द्धन गर्दै होटल व्यवसायलाई अझ थोरै लगानिमा पनि धेरै आम्दानी गर्न सकिने सम्भावना तिर सबैको ध्यान जान जरुरी छ भन्दै  दिनानु दिन वेरोजगार भइ विदेशिएका नेपालीहरुको समस्यालाई हरेक नगर र गाउले गम्भी र भएर हेर्नु पर्ने बताउछिन  । “यो राज्यको मात्र जिम्मेवारी हो जस्तो मलाई लाग्दैन हामी अब संघियतामा देश विकाश गर्छौ भने र देशले अब काचुली फेर्नु पर्छ, सबै नेपाली जनताको मनोभावनाको कदर गर्दै र जनताले पनि आफनो राष्ट्रियता प्रति आंच आउने कुनै नै काम गर्नु हुदैन’ ,उनी बताउछिन ।

उनले प्रफुल्ल मुद्रामा भनिन, “बेलायतको भिसा र हंगकंगको आइडिले सायद मलाई धनी बनाउथ्यो वा आर्थिक रुपमा सम्पन्न हुन्थे होला तर म आज यो देशमा बसेर आफनो नेपाली दाजु भाइ दिदी बहीनीहरु संग सहकार्य गर्दै राजनीति र समाज सेवा गर्नु पाउनु अहो भाग्य ठानेकी छु, जुन पैसाले मैले किन्न सक्दिन।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button