यस्तो छ स्वरूपराज आचार्यको पृथक गीत ‘यो साँझ एक्लै छोडिदेउ’ को म्युजिक भिडियो

 

[mom_video type=”youtube” id=”o5iOzsAilIY”]

पोखरा न्युज ।

सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यको  यो साँझ एक्लै छोडिदेउ मलाई  बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ ।

यो गीत आफुले निकै मन पराएको र लोकप्रिय गीत हरुको सुचिमा पर्न सक्ने सम्भावना रहेको गायक स्वरूपराज आचार्यले बताएका छन्। गीतमा गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै चरा र बादलसंग रम्न दिन आग्रह गरेका छन्।

स्कटल्याण्डको मनोरम स्थानहरुमा सुटिङ्ग गरिएको म्युजिक भिडियोमा नबिन क्षेत्री र बिना राईको अभिनय रहेको छ भने संगीत संयोजन सन्जीब बराइलीको रहेको छ। म्युजिक भिडियो निर्देशन दिपेश रेग्मीको रहेको छ।

सोहन घिमिरेको संगीत, शब्द र गायन रहेको एल्बम निस्कने तयारीमा रहको छ। यस अघि सोहन घिमिरेले आफ्नै शब्द र हिमाल सागरको संगीतमा  तीनजुरेको डाँडैमा बोलको लोकगीतमा स्वर दिएका छन्। उक्त गीत सांस्कृतिक कार्यक्रमहरुमा समेत नाँचको रुपमा प्रयोग हुन थालेको छ। यस्तै लन्डन आईमा सेल्फी र अन्य केहि लोकपप गीत हरुमा काम भइरहेको र अन्य गीतहरु छिटै रिलिज हुने तयारीमा छन्।

लोकगायक रामचन्द्र काफ्लेको संगीतमा छेक्यो नि छेक्यो नि बोलको गीतको रेकर्डिङ्ग सकिएको घिमिरेले बताएका छन्। नेपाली लोकप्रिय बाजाहरु बियानो , मुर्चुङ्गा आदिको प्रबर्धनमा लागेका सोहन घिमिरेले लोक भाका र नेपाली बाजाहरु नेपालीको गौरव र चिनारी भएकोले नयाँ पुस्तालाई यसको जानकारी र प्रयोगबारे कार्यहरु अघि बढाउँन लागेको बताएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button