नेपथ्यलाई पोखरेली दर्शक संगै मौसमको पनि साथ

पोखरा-

नेपालकै चर्चीत ब्याण्ड नेपथ्यले शनिबार पोखरामा लाईभ प्रस्तुती गरिरहदा  बाक्लो संख्यामा उपस्थित पोखरेलीहरुले नेपथ्यलाई साथ दिदै छम्छमी नाचेका थिए । पोखरा रंगशालामा शनिबार वेलुका भएको उक्त कार्यक्रममा दुई घण्टासम्म नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङले ब्याण्ड मेम्बरको साथमा आफ्नो प्रस्तुती राखेका थिए ।  बिगत केहि दिनदेखि प्रतिकुल रहेको मौसमले पनि शनिबार नेपथ्यलाई राम्रो साथ दिदा पोखरा आसपासका क्षेत्रबाट दर्शकहरु वाक्लो रुपमा कार्यक्रममा सहभागि भएका हुन् ।

भेडाको उन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा, तालको पानी माछीले खानी, रेशम…,जोगले हुन्छ भेट.. लगायतका गित गाउदा दर्शकहरुले उनलाई साथ दिदै छम्छम्ती नाच्न व्यस्त देखिन्थे । नेपथ्यको गित प्रायः युवा पिढिहरुको लोकपृय ब्याण्डको रुपमा स्थापित भएकोछ ।
कार्यक्रममा २७ बर्ष अघि गायएको गित समेत गायक गुरुङले प्रस्तुतः गरे । लेकैमा भरी बैसमा फूले मायाको मुस्कानमा सम्झिदेउ गित समेत गाउदै उनले नेपथ्य २५ बर्षमा पुगेको अवसरमा पोखरामा यस्तो कार्यक्रम आयोजना गर्ने आयोजक किरण कुमार गुरुङ र सोनाम गुरुङलाई धन्यवाद दिए ।

आफ्नो गित प्रस्तुतीसंगै उनले साथि भाईहरु मिलेर नेपालका डाँडा काँडा घुम्न सुझाव दिदै आउदै गरेको नवबर्ष २०७४ सालको सम्पुर्ण नेपालीहरुमा शुभकामना समेत दिएका छन । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङले नयाँ गित समेत प्रस्तुत गरेका थिए ।
कास्कीका दुई वटा सामुदायिक बिद्यालयको सहयोगार्थ भएको कार्यक्रममा सहयोग गर्नेहरु प्रति गायक अमृत गुरुङले धन्यवाद दिदै शिक्षाको उज्जालो जेति छर्ने अभियानमा सरिक हुन आग्रह गरे । पर्यटकिय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा संचालन भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए ।

कार्यक्रम ६ः५५ बजे सुरु भएको कार्यक्रम दुई घण्टा अर्थात ८ः५५ बजे सम्म संचालन भएको थियो । प्रबेश शुल्कः एक हजार रहेको थियो । व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा उक्त ईभेण्ट पोखरामा भएको हो । कास्कीका ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभुत बिद्यालयको सहयोगार्थ उक्त कार्यक्रमबाट बचत भएको केहि रकम बिद्यालयलाई सहयोग गरिने भएको आयोजक गुरुङले बताए ।

गौरी शंकर मनिलाल मावि र भुमेश्वर आधारभुत बिद्यालयलाई करिब १५ देखि २० लाख रुपैया आर्थिक सहयोग गर्ने योजना भएको आयोजक किरण गुरुङ र सोनाम गुरुङले बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button